Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

१२ घण्टामै चितवनमा अत्यधिक वर्षा, धेरै जिल्लामा मेघगर्जनसहित पानी पर्ने सम्भावना

१२ घण्टामै चितवनमा अत्यधिक वर्षा, धेरै जिल्लामा मेघगर्जनसहित पानी पर्ने सम्भावना

इच्छाकामना न्युज

२९, फाल्गुण २०८२
१२ घण्टामै चितवनमा अत्यधिक वर्षा, धेरै जिल्लामा मेघगर्जनसहित पानी पर्ने सम्भावना
images

चितवन । हिजो १२ घण्टामा चितवनमा धेरै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार १२६ मिलीमिटर वर्षा मापन भएको हो । गोरखा र उदयपुरमा पनि धेरै पानी परेको थियो ।

images
images

विभागको मापन केन्द्रमा रेकर्ड भएको विवरणअनुसार गोरखामा ८१.२ मिलीमिटर वर्षा भएको छ भने उदयपुरमा ९० मिलीमिटर वर्षा भएको छ । १०० मिलीमिटरभन्दा माथि वर्षा भएमा त्यसलाई धेरै भारी वर्षा भएको भनेर परिभाषित गरिने विभागले जनाएको छ । यस्तै, लमजुङमा पनि ७६ मिलीमिटर वर्षा भएको छ ।

यस्तै अन्य केही जिल्लामा भारी वर्षा मापन भएको छ । जसअनुसार इलाममा ५०, झापामा ५४.४, सिन्धुपाल्चोकमा ४५.६, नुवाकोटमा ४३, मिलीमिटर वर्षा भएको छ । यी सबै मापन केन्द्रमा भारी वर्षा भएका हुन् ।

अन्य दुई दर्जन बढी मापन केन्द्रहरूमा २० मिलीमिटरभन्दा कम वर्षा भएका छन् । अहिले पनि इलाम, झापा, सिन्धुली, दोलखा, नुवाकोट, लमजुङलगायत जिल्लामा वर्षा भइरहेको छ । चितवनलगायत केही जिल्लामा भने रोकिएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिटक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०८२ शुक्रवार - ०८:४५:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology