Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

श्रम अभियान मार्फत घुमाउनेको पुल बनाउने काशिराम गुरुङ्ग (राजु)को प्रतिवद्धता

श्रम अभियान मार्फत घुमाउनेको पुल बनाउने काशिराम गुरुङ्ग (राजु)को प्रतिवद्धता

इच्छाकामना न्युज

१३, फाल्गुण २०८२
श्रम अभियान मार्फत घुमाउनेको पुल बनाउने काशिराम गुरुङ्ग (राजु)को प्रतिवद्धता
images
आँबुखैरेनी । तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार काशिराम गुरुङ्ग (राजु)ले आफू निर्वाचनमा हारे पनि जिते पनि श्रम अभियान मार्फत घुमाउनेको पुल बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।
 
श्रम संस्कृति पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएका गुरुङ्गले स्थानीय संचारमाध्यममा कुरा गर्दै उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
 
उहाँले श्रम अभियानमार्फत स्थानीय जनसहभागितामा पुल निर्माण गरिने बताउनुभयो। विकास निर्माणका कामहरू निर्वाचन परिणामसँग नजोडिने उल्लेख गर्दै उहाँले जनताको श्रम, सहयोग र सहकार्यबाट आवश्यक पूर्वाधार निर्माण गरिने धारणा राख्नुभयो।
 
घुमाउने क्षेत्रका बासिन्दाले लामो समयदेखि पुलको माग गर्दै आएका छन्। स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिने गुरुङ्गको भनाइ छ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०८२ बुधवार - ०९:५२:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology