Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जंगलमा २ महिला र एक पुरुषको शव फेला, माछा पोखरीमा १९ वर्षीय युवक मृत भेटिए

जंगलमा २ महिला र एक पुरुषको शव फेला, माछा पोखरीमा १९ वर्षीय युवक मृत भेटिए

इच्छाकामना न्युज

१३, फाल्गुण २०८२
जंगलमा २ महिला र एक पुरुषको शव फेला, माछा पोखरीमा १९ वर्षीय युवक मृत भेटिए
images

काठमाण्डौ । विभिन्न जिल्लामा दुई महिलासहित ६ जना मृत अवस्थामा फेला परेका छन्। सप्तरी, सुनसरी, सुर्खेत, रुकुमपूर्व, उदयपुर र इलाममा मंगलबार एकैदिन ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। 

images
images

सप्तरीको राजबिराज नगरपालिका-६ शान्ति टोलस्थित माछा पोखरीमा १९ वर्षीय युवकको शव फेला परेको छ। सोही ठाउँ बस्ने १९ वर्षीय अंगद कुमार मेहतर मंगलबार पोखरीमा मृत अवस्थामा फेला परेका हुन्। उनको मृत्युको कारण खुलेको छैन। 

त्यसैगरि सुनसरीको इटहरी उपमहानगरपालिका-१० आमझोकी बस्ने ७५ वर्षीय सोठिलाल चौधरी पनि आफ्नै घर नजिक रहेको नालामा मृत भेटिएका छन्। 

उनलाई मंगलबार मृत अवस्तामा फेला पारिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। त्यसैगरि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ शान्तिनगर टोल डेरा गरी बस्ने एक युवक पनि मृत भेटिएका छन्। 

वीरेन्द्रनगर नगरपालिका-१२ घर भएका ३७ वर्षीय मिन बहादुर थापा आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन्। उनको पनि मृत्युको कारण खुलेको छैन। 

त्यसैगरि रूकुम पूर्वको सिस्ने गाउँपालिका-६ आलास्थित काक्रीवाङ भन्ने जंगलको ओढारमा एक महिला मृत भेटिएकी छन्। 

सोही ठाउँ बस्ने ४० वर्षीया लक्ष्मी विक मंगलबार जंगलको ओडारमा मृत अवस्थामा फेला परेकी हुन्। उनको मृत्युको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

त्यसैगरि इलामको रोङ गाउँपालिका-५ मालबासे बस्ने ५५ वर्षीया निर्मला श्रेष्ठ पनि मृत भेटिएकी छन्। स्थानीय जंगलमा मंगलबार उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

त्यसैगरि उदयपुरको रौतामाई गाउँपालिका-७ सौर्य वनमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको पनि शव भेटिएको छ। 

मंगलबार नाम नखुलेका पुरुषलाई जंगलमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।  यी सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

images
प्रकाशित मिति :फाल्गुण १३, २०८२ बुधवार - ०९:४६:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology