Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षा र हिमपातको सम्भावना

कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षा र हिमपातको सम्भावना

इच्छाकामना न्युज

११, फाल्गुण २०८२
कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षा र हिमपातको सम्भावना
images

काठमाण्डौ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान तराईका केही ठाउँमा हुस्सु लागेको छ ।

images
images

दिउँसोपछि तराईका धेरैजसो ठाउँमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी भू–भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा रातिको समयमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा तापक्रम कम हुने भएकोले आवश्यक सतर्कता अपनाउन तथा तराई क्षेत्रमा बिहानको हुस्सु र रातिको तुँवालोका कारण गाडी चलाउँदा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०८२ सोमवार - ०९:०९:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology