Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गृहकार्य सिकाउने बहानामा छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

गृहकार्य सिकाउने बहानामा छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

इच्छाकामना न्युज

१०, फाल्गुण २०८२
गृहकार्य सिकाउने बहानामा छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
images

काठमाडौं । खोटाङमा शिक्षकले विद्यार्थीमाथि गम्भीर अपराध गरेको घटना सार्वजनिक भएको छ । दिक्तेलस्थित एक बोर्डिङ स्कुलमा अध्ययनरत १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा २४ वर्षीय शिक्षक पक्राउ परेका छन् ।

images
images

पक्राउ पर्नेमा सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका-१ स्थायी घर भई दिक्तेल ईङ्लिस बोर्डिङ स्कुलमा कार्यरत शिक्षक रहेका छन् । आरोपित शिक्षकले फागुन ९ गते छात्रालाई गृहकार्य सिकाउने बहानामा आफ्नो कोठामा बोलाएर जबरजस्ती करणी गरेको प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ ।

पीडित परिवारका अनुसार घटनापछि शिक्षकले बालिकालाई करिब तीन घण्टासम्म कोठाभित्रै थुनेर राखेका थिए । बालिका रुँदै कोठाबाट बाहिर निस्किएर अभिभावकलाई घटनाबारे जानकारी गराएपछि मात्रै घटना बाहिर आएको हो ।

आक्रोशित आफन्तले लगत्तै शिक्षकको कोठामा पुगेर उनलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ र पीडक शिक्षकविरुद्ध जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

ती शिक्षकको नियत पहिलेदेखि नै खराब रहेको पीडित पक्षको दाबी छ । गत मंसिरमा विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका क्रममा पनि उनले ती छात्रालाई विभिन्न बहानामा बोलाउने र अश्लील गतिविधि गर्ने गरेको परिवारले बताएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०८२ आइतवार - १३:०३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology