काठमाडौं, २६ फागुन । लोकसेवा आयोगले विभिन्न तहका लागि कर्मचारीको माग गरेको छ । आयोगले राजपत्र अनंकित श्रेणी (अप्राविधिक) पदमा दरखास्त आह्वान गरेको हो ।
लोकसेवा आयोग केन्द्रीय कार्यालयले आज गोरखापत्रमा एक सूचना जारी गर्दै विभिन्न सेवा समूह र उपसमूहमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । तोकिएको योग्यता पुगेका उम्मेद्वारले अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ ।
त्यस्तै आयोगले सोही पदको आन्तरिक बढुवाको सूचना पनि निकालेको छ ।
हेर्नुहोस विस्तृत विवरणः


