Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अराजक बन्दै रास्वपाका कार्यकर्ताः दाङमा सुर्य अंकित एमालेको झण्डा जलायो, एमालेको आपत्ति

अराजक बन्दै रास्वपाका कार्यकर्ताः दाङमा सुर्य अंकित एमालेको झण्डा जलायो, एमालेको आपत्ति

इच्छाकामना न्युज

८, फाल्गुण २०८२
अराजक बन्दै रास्वपाका कार्यकर्ताः दाङमा सुर्य अंकित एमालेको झण्डा जलायो, एमालेको आपत्ति
images

काठमाडौं । दाङको तुलसीपुरमा रवि लामिछानेका समर्थकले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डा जलाएको घटना सार्वजनिक भएको छ।

images
images

बिहीबार राति लामिछानेको स्वागतका लागि भेला भएका रास्वपाका समर्थकहरूले ‘सूर्य’ चिन्ह अंकित एमालेको झण्डा जलाउँदै नाराबाजी गरेका हुन्। घटनाका क्रममा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध समेत नाराबाजी गरिएको बताइएको छ।

घटनाप्रति एमाले नेतृ तथा केन्द्रीय सदस्य शान्ता चौधरीले कडा आपत्ति जनाउनुभएको छ। उहाँले झण्डा जलाउने कार्यलाई ‘अराजकताको पराकाष्ठा’ भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्नुभएको हो। ‘यो अराजकताको पराकाष्ठा हो, समयमै चेत खुलोस्,’ चौधरीले उल्लेख गर्नुभएको छ।

उहाँले लोकतान्त्रिक अभ्यासमा आ–आफ्नो विचार र कार्यक्रम प्रचार गर्न पाइने भए पनि अर्काे दलको झण्डा जलाउने जस्ता गतिविधि स्वीकार्य नहुने बताउनुभयो। ‘चुनाव प्रचार गर्न पाइन्छ, तर अर्को पार्टीको झण्डा जलाउन पाइँदैन, यो भन्दा अराजकता के हुन सक्छ ?’ उहाँले लेख्नुभएको छ।

घटनाबारे स्थानीय प्रशासनको धारणा भने सार्वजनिक भइसकेको छैन। जिल्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गइरहेका बेला झण्डा जलाउने घटनाले राजनीतिक वृत्तमा थप बहस सुरु गरेको छ।

 

images
प्रकाशित मिति :फाल्गुण ८, २०८२ शुक्रवार - ०९:५८:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology