Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

images

इच्छाकामना न्युज

७, फाल्गुण २०८२
आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा
images

काठमाडौं । आज प्रजातन्त्र दिवस। महान् सहिदहरूको बलिदानीपूर्ण संघर्षको वलमा २००७ साल फागुन ७ गते नेपालमा प्रजान्त्र स्थापना भएको थियो ।

सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गंगाला श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै हरेक वर्ष नेपालमा विविध कार्यक्रमसहित प्रजातन्त्र दिवस मनाइन्छ ।

प्रजातन्त्र दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। प्रजातन्त्र दिवसको अवसरमा आज देशैभरि सरकारी र गैरसरकारी निकायले विभिन्न कार्यक्रम गर्दैछन् । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ ।

नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा फागुन ७ गतेलाई लिने गरिएको छ । विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरुद्ध  बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा नागरिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०८२ बिहिवार - ०८:१५:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology