Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आजको मौसमः पहाडी भु–भागमा मेघ गर्जन सहित पानी पर्न सक्ने

आजको मौसमः पहाडी भु–भागमा मेघ गर्जन सहित पानी पर्न सक्ने

images

इच्छाकामना न्युज

२६, फाल्गुण २०७७
आजको मौसमः पहाडी भु–भागमा मेघ गर्जन सहित पानी पर्न सक्ने
images

चितवन, २६ फागुन । देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ। हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

आज काठमाडौंको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २५ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।

देशका बाँकी भू–भागहरूमा आंशिक बदली हुने सम्भावना छ । अपरान्हपछि देशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू–भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भू–भागहरुको एक, दुई स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - ०८:२३:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology