Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वृद्धको हत्या आरोपमा एक पक्राउ

वृद्धको हत्या आरोपमा एक पक्राउ

इच्छाकामना न्युज

५, फाल्गुण २०८२
वृद्धको हत्या आरोपमा एक पक्राउ
images

राधाकृष्ण डुम्रे, वालिङ(स्याङ्जा) । स्याङ्जामा वृद्धको हत्या आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–७ बाजपुर का ७१ वर्षीय तुलबहादुर कार्कीको हत्या आरोपमा सोही ठाउँका ३५ वर्षीय तोरण कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

images
images

शनिबार साँझ आफ्नै घरमा खाना खाएर सुतेका तुल बहादुर आइतबार बिहान ७ः३० बजे तिर मृत अवस्थामा भेटिनु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो । अनुसन्धान गर्ने क्रममा मृतकको शरिरका विभिन्न भागहरूमा चोटहरू लागेको देखिएपछि प्रहरीले हत्याको आशङ्का गरेको थियो ।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा सोही ठाउँका तोरण कार्कीलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट सोमबार पाँच दिनको म्याद थप अनुमति लिएको छ । घटना बारे अनुसन्धान तथा कानुनी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - १०:५३:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology