Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा सेवा विस्तार

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा सेवा विस्तार

इच्छाकामना न्युज

३, फाल्गुण २०८२
जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा सेवा विस्तार
images

अमरराज नहर्की, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा पछिल्लो समय सेवा विस्तार गरिएको छ । स्वास्थ्य तथा जनसङ्द्यख्या मन्त्रालयमार्फत छात्रवृत्ति करारका नौ जना विशेषज्ञ चिकित्सक खटाइएपछि अस्पतालको उपचार सेवा थप प्रभावकारी बनेको हो ।

images
images

केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठका अनुसार विशेषज्ञ जनशक्ति थपिएसँगै बिरामीको चाप व्यवस्थापनमा सहजता आएको छ । डा। श्रेष्ठले भन्नुभयो, “जनशक्ति अभावले गर्दा यसअघि अन्यत्र रिफर गर्नुपर्ने अवस्था घट्दै गएको छ ।’’

सेवा विस्तारअन्तर्गत मिर्गौला बिरामीका लागि दुई सिफ्टमा डायलाइसिस सेवा सञ्चालनमा ल्याइएको छ भने इन्डोस्कोपी सेवा नियमित गरिएको छ । आगामी दिनमा ब्रोन्कोस्कोपी, आकस्मिक शल्यक्रिया, स्त्रीरोग तथा नाक, कान र घाँटीसम्बन्धी विशेषज्ञ सेवा सुरु गर्ने तयारी तीव्र पारिएको केन्द्रले जनाएको छ ।अस्पतालले भौतिक पूर्वाधार सुधारलाई समेत प्राथमिकता दिएको छ । 

मुख्य भवनमा लिफ्ट जडान प्रक्रिया अघि बढाइएको छ भने अस्पताललाई ३०० शय्यामा विस्तार गर्ने लक्ष्यसहित विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । सेवा विस्तारसँगै तनहुँका शुक्लागण्डकी, भीमाद, म्याग्दे र रिसिङका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन्। साथै छिमेकी जिल्ला स्याङ्जा, पाल्पा र नवलपरासीका केही स्थानीय तहका बिरामीसमेत उपचारका लागि यहाँ आउने गरेका छन्। हाल केन्द्रले हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन, ओपिडी, प्रयोगशाला र भिडियो एक्सरे लगायतका सेवा चौबिसै घण्टा उपलब्ध गराउँदै आएको छ ।

सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ सेवा विस्तारलाई निरन्तरता दिइएको केन्द्रले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०८२ आइतवार - ०९:३४:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology