Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गरगहना लगाएर पशुपतिनाथ मन्दिरको दर्शनमा नजान प्रहरीको अनुरोध

गरगहना लगाएर पशुपतिनाथ मन्दिरको दर्शनमा नजान प्रहरीको अनुरोध

इच्छाकामना न्युज

३, फाल्गुण २०८२
गरगहना लगाएर पशुपतिनाथ मन्दिरको दर्शनमा नजान प्रहरीको अनुरोध
images

काठमाण्डौ । काठमाण्डौ प्रहरीले महाशिवरात्रि पर्वको दिन आज गरगहना लगाएर पशुपतिनाथको दर्शनमा नजान भक्तजनलाई अनुरोध गरेको छ । विभिन्न १३ बुँदे अनुरोधमार्फत प्रहरीले भक्तजनलाई सचेत गराएको हो ।

images
images

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चोरी तथा लुटपाटका घटना हुनसक्ने भएकाले बहुमूल्य गरगहना नलगाउन, महत्त्वपूर्ण र महँगो सरसामान लिएर मन्दिरको दर्शनका लागि नआउन अनुरोध गरिएको बताउनुभयो ।

पशुपतिनाथ मन्दिर प्राङ्गणमा सबै प्रकारका मोबाइल फोन, क्यामरालगायत सामग्रीको प्रयोग निषेध गरिएको तथा छालाका सामान, जुत्ताचप्पल, ज्याकेट, कम्मरपेटीलगाएर मन्दिरमा प्रवेश निषेध भएकाले त्यस्ता सामान तोकिएको सुरक्षित ठाउँमा राखेर मात्र दर्शन गर्न भनिएको छ । हरेक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आज भगवान शिवको विधिपूर्वक पूजाआराधना गरी देशभर मनाइँदैछ ।

आज देशभरका विभिन्न ठाउँ तथा छिमेकी भारतका तीर्थयात्रीको विशेष गरी पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्ने गर्छ । तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायतलाई निषेध गरिएको छ । यस्ता बस्तु तथा पदार्थ भेटिए प्रहरीले कारबाही गर्ने जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०८२ आइतवार - ०९:३१:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology