Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आज २६३ औँ सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदै

आज २६३ औँ सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदै

images

इच्छाकामना न्युज

३, फाल्गुण २०८२
आज २६३ औँ सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदै
images

काठमाडौं । आज नेपाली सेनाले २६३ औँ सेना दिवस मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाइन्छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ । सेनाले यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ।

नेपाली सेनाले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा काम गर्दै आएको छ।

नेपाली सेनाले सन् १७४४ बाट आजसम्म पनि अबिछिन्न राष्ट्र प्रेम अनि साहस प्रदर्शन गर्दै आएको छ । नेपाली सेनाले सन् २००२ देखि सन् २००७ सम्म आफ्नो संख्याँ ५० हजार वाट ९५ हजार बनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०८२ आइतवार - ०९:२५:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology