Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

गुरुङ पर्यटन व्यवसायी संघको अध्यक्षमा बाबुराम गुरुङ

गुरुङ पर्यटन व्यवसायी संघको अध्यक्षमा बाबुराम गुरुङ

इच्छाकामना न्युज

२, फाल्गुण २०८२
गुरुङ पर्यटन व्यवसायी संघको अध्यक्षमा बाबुराम गुरुङ

काठमाण्डौ । गुरुङ समुदायका पर्यटनकर्मीहरूको साझा संस्था गुरुङ पर्यटन व्यवसायी संघ को पाँचौं अधिवेशनले बाबुराम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। बिहीबार काठमाडौंस्थित तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् मा आयोजित अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो।

images

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा बिन्दु गुरुङ, द्वितीय उपाध्यक्षमा डिलबहादुर गुरुङ, महासचिवमा संजीव गुरुङ, सचिवमा विकास गुरुङ, कोषाध्यक्षमा अम्बिर गुरुङ तथा सह–कोषाध्यक्षमा महावीर गुरुङ निर्वाचित भएका छन्। सदस्यहरूमा धनबहादुर गुरुङ, राजु गुरुङ, हरिबहादुर गुरुङ, सञ्जिब गुरुङ, भिमबहादुर गुरुङ, निर्मल गुरुङ र दुर्गा गुरुङ रहेका छन्।

WhatsApp Image 2026-02-13 at 6.32.25 PM.jpeg

अधिवेशनअघि संघको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको थियो। सभाको उद्घाटन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग का कार्यबाहक अध्यक्ष जुुद्धबहादुर गुरुङले गरेका थिए। उनले गुरुङ समुदायको पर्यटन क्षेत्रमा रहेको योगदानको प्रशंसा गर्दै संगठित रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा तीन जनालाई विशेष सम्मान प्रदान गरियो। तीन दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय जिटिनका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङलाई ‘डा. हर्क गुरुङ पुरस्कार’ प्रदान गरिएको थियो। त्यस्तै तीन दशकदेखि पत्रकारितामा क्रियाशील अमृत भादगाउँले र अनिता गुरुङलाई ‘जिटिन पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो। पर्यटन पत्रकारितामार्फत गुरुङ समुदायको कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको जनाइएको छ। प्रमुख अतिथिबाट सम्मानपत्रसहित नगद पुरस्कार हस्तान्तरण गरिएको थियो।

WhatsApp Image 2026-02-13 at 6.32.24 PM.jpeg

यसै अवसरमा ‘पर्यटनमा गुरुङ’ नामक स्मारिका लोकार्पण गरिएको थियो। कार्यक्रममा तमू कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए, जसले अधिवेशनलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर ग्याल्जे शेर्पा, टानका महासचिव सोनाम ग्याल्जेन शेर्पा, मगर पर्यटन समाजका अध्यक्ष जीवन थापा, जिटिनका अध्यक्ष पिताम्बर गुरुङ, जिटिन गण्डकीका संस्थापक अध्यक्ष बबरजङ गुरुङ तथा अध्यक्ष किसमकुमारी गुरुङलगायतले जिटिनको भूमिका र गुरुङ समुदायको पर्यटन क्षेत्रमा बढ्दो सहभागिताबारे धारणा राखेका थिए।

नयाँ नेतृत्व चयनसँगै संघले पर्यटन क्षेत्रको सशक्तीकरण, गुरुङ समुदायको पहिचान प्रवर्द्धन तथा पर्यटन व्यवसायीबीच सहकार्य अभिवृद्धि गर्ने लक्ष्य लिएको नवनिर्वाचित महासचिव संजिव गुरुङले जनाएको छ।

WhatsApp Image 2026-02-13 at 6.32.08 PM.jpeg

images
प्रकाशित मिति :फाल्गुण २, २०८२ शनिवार - ०९:५८:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology