Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

इच्छाकामना न्युज

१, फाल्गुण २०८२
पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन
images

साहारा लिम्बू, फुङलिङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा १८ लाख बढी भेटी सङ्कलन भएको छ । माघ महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो ।

images
images

पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार माघ महिनामा भक्तजनहरूले १८ लाख ४७ हजार ५०० रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि पोकामा लाहा छाप लगाइ फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् ।

फेदीमा करिब एक साता सम्मको सङ्लकन गरी फुङलिङ रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरि बैंकमा जम्मा गर्ने प्रचलन रहेको छ । कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गरि समितिले व्यवस्थापन गरेको छ ।

विहीबार सार्वजनिक तथ्याङ्क अनुसार माघ महिनामा एक हजार ३२३ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर आएका छन् ।  

images
प्रकाशित मिति :फाल्गुण १, २०८२ शुक्रवार - ०८:३८:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology