Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

मतदान केन्द्रमा मतपेटिका पठाउन सुरु

मतदान केन्द्रमा मतपेटिका पठाउन सुरु

images

इच्छाकामना न्युज

२२, माघ २०८२
मतदान केन्द्रमा मतपेटिका पठाउन सुरु
images

काठमाण्डौ । निर्वाचन आयोगले बुधबारबाट मतदान केन्द्रमा पठाइने मतपेटिकाहरूको व्यवस्थापन गर्न सुरु गरेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार आयोगले बुधबारबाट गरेको हो।

यसैगरी बुधबारदेखि नै सबै जिल्ला निर्वाचन कार्यालयहरूले मतपेटिकाको व्यवस्थापन गर्न सुरु गरेका छन्। मतदान केन्द्र्रमा मतपेटिका कसरी पठाउने, कति संख्यामा पठाउने, कुन मितिमा पठाउने आदि विषयमा जिल्ला निर्वाचन कार्यालयहरूले बुधबारदेखि व्यवस्थापन गर्न सुरु गरेको न्यौपानले बताए।

‘काठमाडौं र ललितपुरका मतपेटिका निर्वाचन आयोगको कार्यालयमा थिए। ती मतपेटिका बुधबारदेखि ललितपुर र काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा पठाउन सुरु गरिएको छ’, न्यौपानेले भने, ‘काठमाडौं र ललितपुरबाहेक अन्य जिल्लाको हकमा भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जिल्लाभरि चाहिने मतपेटिका पहिल्यै पठाइसकिएको छ।’

उनका अनुसार एउटा मतदान केन्द्रमा समानुपातिक र प्रत्यक्ष गरी दुईवटा मतपेटिका राखिएको हुन्छ तर त्यही संख्यामा दुईवटा मतपेटिकका रिजर्भ राखिएको हुन्छ। आयोगका अनुसार काठमाडौं, झापा र रूपेन्देहीमा सबैभन्दा बढी मतपेटिका चाहिन्छ। ती जिल्लामा आठ सय १७ देखि आठ सय ३३ वटा मतदान केन्द्र रहेका छन्।

यसैगरी मनाङमा सबैभन्दा कम मतदान केन्द्र छन्। त्यहाँ ३४ वटा मात्र मतदान केन्द्र रहेका छन्। आयोगका अनुसार आयोगले फागुन १० देखि सबै मतदान केन्द्रमा मतदान अधिकृत खटाउन सुरु गर्ने छ। त्यसअघि मतदान अधिकृतलाई तालिम दिइने छ।

सहायक प्रवक्ता न्यौपानेका अनुसार बुधबारसम्म प्रत्यक्ष निर्वाचनतर्फ ६० लाख मतपत्र छापिसकिएको छ। प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र चाहिन्छ। समानुपातिकतर्फ भने सबै मतपत्र छापिसकिएको आयोगको भनाइ छ। आयोगका अनुसार समानुपातिकतर्फ दुई करोड आठ लाख मतपत्र चाहिन्छ। निर्वाचनमा अन्तिम मतदाताको संख्या एक करोड ८९ लाख तीन हजार ६ सय ८९ पुगेको छ।

२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ गरी मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५७० थियो।

२०७९ सालको तुलनामा २०८२ सालमा कुल मतदाताको संख्या नौ लाख १५ हजार एक सय १९ ले वृद्धि भएको छ भने पुरुष मतदाताको संख्या पाँच लाख २२ हजार पाँच ५२, महिला मतदाताको संख्या तीन लाख ९२ हजार पाँच सय ५२ र अन्य मतदाताको संख्या १५ ले वृद्धि भएको छ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्न देशभर १० हजार नौ ६७ मतदानस्थलमा २३ हजार एक सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ। यो निर्वाचनमा २०७९ सालको कुल मतदानस्थलको संख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ। नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :माघ २२, २०८२ बिहिवार - ०९:४३:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology