Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

‘नेतृत्व पद होइन, जिम्मेवारी हो’ कांग्रेस उम्मेद्वार मीना खरेल

‘नेतृत्व पद होइन, जिम्मेवारी हो’ कांग्रेस उम्मेद्वार मीना खरेल

images

पत्रपत्रिका

२१, माघ २०८२
‘नेतृत्व पद होइन, जिम्मेवारी हो’  कांग्रेस उम्मेद्वार मीना खरेल
images

चितवन । चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मीना खरेलले नेतृत्वलाई पद, हैसियत वा शक्ति प्रदर्शनसँग नभई जिम्मेवारी, सेवा र कर्मसँग जोडेर बुझ्नुपर्ने धारणा राखेकी छन् । चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित भेला तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भनिन्, नेतृत्व पद होइन, जिम्मेवारी हो, हैसियत होइन, कर्म हो ।’

कांग्रेस चितवनले यतिबेला चुनावी अभियानलाई मध्यनजर गर्दै चितवन क्षेत्र नम्बर २ का विभिन्न वडा, टोल, गाउँपालिकाहरुमा क्रियाशील भेला तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिरहेको छ ।

सोही कार्यक्रमअन्तर्गत कालिका नगरपालिकाको भेलामा उनले नेतृत्व भनेको अधिकारको प्रयोग गरेर आफूमाथि उभिनुमात्रै नभएर जनताको भरोसालाई सम्मान गर्दै उनीहरूसँगै हिँड्नु भएको बताएकी छन् । यस्तै उनले जनताले विश्वास गरेर दिएको जिम्मेवारीलाई सेवा गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँदै, त्यो सेवा गर्न आफू तयार भएको उनको भनाइ छ ।

उनी भन्छिन्– राजनीतिमा इमानदारी र पारदर्शिताबिना परिवर्तन सम्भव नहुने उल्लेख गर्दै “जनताको समस्या बुझ्ने, उनीहरूको आवाज सुन्ने र समाधानका लागि निरन्तर लाग्ने प्रतिबद्धता नै नेतृत्वको असली परिचय हो ।” लामो समय राजनीतिकसँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएको हुनाले आफूले चुनाव जित्दै गर्दै सबै नागरिकलाई समेटेर काम गर्ने बताइन् ।

‘म निरन्तर जनताको दुःख सुखमा साथ दिएर अगाडि बढ्न चाहन्छु । यसपटक जनताले सही नेतृत्व छान्ने बेला हो, उहाँहरुले सही नेतृत्व र सही पाटीलाई अमूल्य मतदान गर्नुहुन्छ त्यसमा म विश्वस्त छु’, उनले भनिन् ।

यस्तै, खरेलले चितवन–२ मा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै महिला तथा बालबालिकासँग सम्बन्धित मुद्दाहरूलाई संसदमा प्रभावकारी र सशक्तरूपमा उठाउने प्रतिबद्धता व्यक्त गरिन् । चितवनपोष्टबाट

images
प्रकाशित मिति :माघ २१, २०८२ बुधवार - ०९:२७:०४ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology