Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

‘मुग्लिङ’ गीतको भिडिओमा बले, कक्रोज, सुनिशादेखि जुनुसम्म (भिडिओ)

‘मुग्लिङ’ गीतको भिडिओमा बले, कक्रोज, सुनिशादेखि जुनुसम्म (भिडिओ)

इच्छाकामना न्युज

२०, माघ २०८२
‘मुग्लिङ’ गीतको भिडिओमा बले, कक्रोज, सुनिशादेखि जुनुसम्म (भिडिओ)
images

गायक मदन ढकालले नयाँ गीत ‘मुग्लिङ’  सार्वजनिक गरेका छन्। सार्वजनिक गीतमा गायक मदनसँगै दिपिका बयम्बु मगरको स्वर सुन्न सकिन्छ। गीतमा गायक मदनकै शब्द छ भने कम्पोज घनश्याम खत्रीको छ। एरेन्ज आशिष अबिरलले गरेका हुन् ।

गीतको भिडिओमा चर्चित चार कलाकारको नृत्य देख्न सकिन्छ। मोडल सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), सुनिशा बजगाईं (सीता), जुनु एसडीको अभिनय छ। गायक मदन स्वमले पनि अभिनय गरेका छन्।

images
images

जेरी भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको भिडियो दिनेश पराजुलीले खिचेका हुन् भने सुजन कोइरालाले सम्पादन गरेका हुन् ।

गीतबारे गायक मदन भन्छन्, 'यसपटकको गीत डान्सिङ हो, सबैको मनमा बस्नेछ भन्नेमा ढुक्क छौं, सबैको मिहिनत उत्तिकै छ र भिडियोमा कुनै कमि हुन दिएका छैनौं, सायद दर्शक, स्रोताले अडियो र भिडियोमा कुनै कमि पाउनुहुन्न होला ।'

गीतको भिडिओ बले इन्टरटेनमेन्ट युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ।

images
प्रकाशित मिति :माघ २०, २०८२ मंगलवार - १०:११:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology