Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

देवघाटधाममा ‘शतचण्डी महायज्ञ एवम् माघ–महोत्सव’ सुरु

देवघाटधाममा ‘शतचण्डी महायज्ञ एवम् माघ–महोत्सव’ सुरु

इच्छाकामना न्युज

२०, माघ २०८२
देवघाटधाममा ‘शतचण्डी महायज्ञ एवम् माघ–महोत्सव’ सुरु
images

अमरराज नहर्की, तनहुँ । पवित्र तीर्थस्थल देवघाटधाममा सोमबार देखि १० दिने ‘शतचण्डी महायज्ञ एवम् देवघाट माघ–महोत्सव’ भक्तिमय वातावरणमा सुरु भएको छ । दुर्गा पञ्चायन मन्दिरको जीर्णोद्धार र आश्रम निर्माण गर्ने  उद्देश्यका साथ आयोजित यस महोत्सवको समुद्घाटन देवघाटका विभिन्न प्रसिद्ध आश्रमका पीठाधीश तथा सन्त महन्तहरूले संयुक्त रूपमा गरेका हुन् ।

images
images

प्रसिद्ध भागवत वाचक आचार्य शीतल कृष्णको सङ्कल्पमा सुरु भएको यस अनुष्ठानमा महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराज, ईश्वरकृष्ण महाराज लगायतका धार्मिक व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

यो महोत्सव विशेषगरी माघ महिनाको धार्मिक महत्त्वलाई ध्यानमा राखेर आयोजना गरिएको हो। त्रिशूली र कालीगण्डकीको संगम स्थल आदिप्रयागमा माघ महिनाभर स्नान गर्नाले अश्वमेध यज्ञ बराबरको फल प्राप्त हुने र पुण्य आर्जन हुने जनविश्वास छ । यही अवसरमा देशका विभिन्न भागबाट आउने भक्तजनहरूलाई देवघाटधामको महिमा बुझाउन र मकर स्नानको लागि निमन्त्रणा गर्न यो कार्यक्रम प्रभावकारी माध्यम बनेको छ । महोत्सवको सुरुआतमा देवघाटको वेणी संगमबाट भव्य कलशयात्रा निकालिएको थियो, जसले स्थानीय क्षेत्रमा ठुलो उत्साह ल्याएको छ ।

महोत्सव अवधिभर तनहुँतर्फको मन्दिर परिसरमा १११ चण्डी पाठ र विगत ४० वर्षदेखि अखण्ड रूपमा प्रज्वलित अग्निधुनीमा हवन भइरहेको छ भने चितवनतर्फ नारायणी किनारमा देवी प्रतिभा र आचार्य शीतल कृष्णबाट संगीतमय कथा वाचन भइरहेको छ । हरेक साँझ भजन, नृत्य र गण्डकी आरतीले देवघाटको वातावरणलाई थप आध्यात्मिक बनाएको छ । माघ २९ गतेसम्म चल्ने यस धार्मिक महोत्सवमा लाखौँ श्रद्धालु भक्तजनहरूले सहभागिता जनाउने र यसले राष्ट्र शान्ति एवम् मानव कल्याणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

images
प्रकाशित मिति :माघ २०, २०८२ मंगलवार - ०९:५८:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology