Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मोरङको रंगेलीमा पारिवारिक विवादले २ जनाको ज्यान गयो, पत्नीको हत्यापछि आत्महत्या

मोरङको रंगेलीमा पारिवारिक विवादले २ जनाको ज्यान गयो, पत्नीको हत्यापछि आत्महत्या

इच्छाकामना न्युज

२०, माघ २०८२
मोरङको रंगेलीमा पारिवारिक विवादले २ जनाको ज्यान गयो, पत्नीको हत्यापछि आत्महत्या
images

विराटनगर । मोरङको रंगेलीमा पारिवारिक विवादका क्रममा मंगलबार बिहान एक दम्पतीको ज्यान गएको छ । पारिवारिक विवादपछि युवकले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

images
images

प्रहरीका अनुसार ससुराली घर पुगेर पत्नीको हत्या गरेका युवक आफूले पनि घाँटी रेटेर आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो ।

मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर पत्नीको हत्या गरेको पाइएको छ । 

घटना बिहानका राति २ः४५ बजेतिरको हो । मुकेश सोमबार बेलुका धनपट्टीस्थित ससुराली घरमा पुगेका थिए ।

ससुराली घरमै उनले पत्नी अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेको प्रहरीले जनाएको छ । घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले पत्नी अम्बिकाकुमारीलाई चक्कुले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पतिले चक्कुले प्रहार गर्दा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको डीएसपी लामिछानेले बताए । उनका अनुसार पत्नीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

मुकेशको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको क्षतविक्षत शव हाल घटनास्थलमै छ । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैं घटनास्थल पुगेका छन् । घटनास्थल पुगेर प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ ।

घटनाको वास्तविक कारण तथा अन्य पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए । उनले थप अनुसन्धानपछि मात्रै घटनाको पूर्ण विवरण सार्वजनिक गर्न सकिने उल्लेख गरे ।

images
प्रकाशित मिति :माघ २०, २०८२ मंगलवार - ०९:३३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology