Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

राप्रपाद्वारा आँबुखैरेनीमा सम्पर्क कार्यालय स्थापना

राप्रपाद्वारा आँबुखैरेनीमा सम्पर्क कार्यालय स्थापना

इच्छाकामना न्युज

१६, माघ २०८२
राप्रपाद्वारा आँबुखैरेनीमा सम्पर्क कार्यालय स्थापना
images
आँबुखैरेनी, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँ क्षेत्र नं. १ को सम्पर्क कार्यालय बिहिबार स्थापना गरिएको छ। राप्रपाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अभिषेक जोशीले कार्यालयको उद्घाटन गर्नुभएको हो।
चुनावी गतिविधि तथा प्रचार–प्रसारलाई प्रभावकारी बनाउने उद्देश्यले आँबुखैरेनी गाउँपालिका–३, स्थित मिलनचोकमा सम्पर्क कार्यालय स्थापना गरिएको पार्टीले जनाएको छ। सम्पर्क कार्यालयबाट स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट, संगठन विस्तार तथा चुनावी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
उद्घाटन कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :माघ १६, २०८२ शुक्रवार - १४:३८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology