Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बाजा बनाउँदै कृष्णबहादुर

बाजा बनाउँदै कृष्णबहादुर

इच्छाकामना न्युज

१५, माघ २०८२
बाजा बनाउँदै कृष्णबहादुर
images

रेसुङ्गा (गुल्मी) । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार थाइनडाँडाका ६१ वर्षीय कृष्णबहादुर नेपालीको ३० वर्ष छालाको काम गरेरै बित्यो । यो नेपालीको पुख्र्यौली पेसा हो । हजुरबुवा नरबहादुरका समयमा छालाको काम खुबै हुन्थ्यो । जुत्ता, वाद्यवाधनका साधनदेखि घोडाको काठीसम्म बनाउनेले नरबहादुरलाई निकै खोज्थे । 

images
images

बुवा गुन्जबहादुरको पालाका छालाको काम केही कम भए पनि कृष्णबहादुरले तीन दशकदेखि छालाको काम गरेरै परिवारको गर्जो टार्नुभएको छ । सुरुमा जिल्लाबाट छाला निर्यात गर्ने काम गर्नुभएका कृष्णबहादुरले अहिले मादल, नौमती बाजा सेट र नेवारी बाजासहितका सामग्री घरमै बनाउनुहुन्छ । काम गर्न सके बेच्न बजार खोज्न पर्दैन । नियमित घरमै आउने ग्राहकले काम पुगेको नेपालीले बताउनुभयो । उहाँका अनुसार आफ्नो समुदाय गाउँमा ३०/३५ घर भए पनि कसैले छालाको काम गर्दैनन् । छालाको काम फोहोरी भएकाले नयाँ पुस्तामा आकर्षण पनि छैन । उहाँले भन्नुभयो, “हातले नै बनाउने छालाको फोहोरी काम नयाँले गर्दैनन्, पुराना मरेर सकिए । मैलेसम्म हातको सिपले ज्यान र परिवार पालेँ ।”

अहिले बजारका नक्कली बाजाका कारण सोचे अनुसारको व्यापार छैन । कृष्णबहादुर स्थानीय काठेगोरुको छाला र कच्चा पदार्थमार्फत बाजा बनाउनुहुन्छ । बाजा कस्ने काममा सबैभन्दा बढी सिप चाहिन्छ । स्थानीय सामग्री र ओसेपमा कसेको बाजा बर्सौं टिक्ने नेपालीको अनुभव छ । 

४०/४५ वर्षपहिले बुवाले बनाएका बाजा अहिलेसम्म आफूले मर्मत गरिरहेको कृष्णबहादुरले बताउनुभयो । उहाँले नेवार समुदायका चार जिल्लाका बाजा बनाउँदै आएको बताउनुभयो । बजारको तुलनामा आफूहरूको बाजा निकै गुणस्तरीय हुने भएकाले केही महँगो भएको नेपालीले बताउनुभयो ।   

images
प्रकाशित मिति :माघ १५, २०८२ बिहिवार - ०८:१६:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology