Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चितवन राष्ट्रिय निकुञ्ज भित्र भाले गैडा र पाटे बाघ मृत

चितवन राष्ट्रिय निकुञ्ज भित्र भाले गैडा र पाटे बाघ मृत

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७७
चितवन राष्ट्रिय निकुञ्ज भित्र भाले गैडा र पाटे बाघ मृत
images

चितवन,फगुन २५ । चितवन राष्ट्रिय निकुन्जको अमलटारि सेक्टरअन्तर्गत कोर  इलाका सेहरी नारायणी नदी कलकत्ता टापुमा भाले गैडा मृत अवस्थामा भेटिएको छ।  अन्दाजी करिब ३० वर्षको भाले गैडा मृत् अवस्थामा यहीँ मिति २०७७ साल फाल्गुन २४ गते  भेटिएको हो।  सो गैडाको खाग,खुर लगायत  सरकारी समान सुरक्षित् रहेको निकुञ्ज संरक्षण अधिकारी लोकेन्द्र अधिकारीले जानकारी गराएको छ। उक्त स्थानमा भाले गैडा एक आपसमा जुधेर घाइते भई मृत्यु भएको अनुमान गरिएको छ। साथै त्यो गैडा संगै यस आर्थिक वर्ष २०७७/७८ मा २६ वटा गैडाको मृत्यु भएको छ। सो मध्ये २२ प्राकृतिक र ४ सिकारीको कारण मृत्यु भएको छ। नेपाल सरकारद्वारा  गैडा गणना यहि मिति २०७७ साल चैत्र ९ गते बाट सुरु हुने भएको छ।

download (5).jpg

यस्तै चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा सेक्टरमा पर्ने निकुन्जको कोर इलाका चपरचुली खहरे खोला  क्षेत्रमा करिब अन्द्जी ४ वर्षको लिङ्ग पहिचान हुन नसकेको पाटे बाघ मृत अवस्थामा फेला परेको छ। सो बाघ मिति २०७७ साल फाल्गुन २३ गते फेला परेको हो। उक्त बाघ  प्राकृतिक कारणले मृत्यु भएको अनुमान गरिएको छ। मृत् बाघ यस आर्थिक वर्ष २०७७र७८मा मृत्यू भएको  पहिलो बाघ हो।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - १२:२०:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology