Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

हरिबोललाई कारबाही गरेपछि प्रचण्डसँग रिसाए झलनाथ

हरिबोललाई कारबाही गरेपछि प्रचण्डसँग रिसाए झलनाथ

इच्छाकामना न्युज

१२, माघ २०८२
हरिबोललाई कारबाही गरेपछि प्रचण्डसँग रिसाए झलनाथ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीले नेताहरूलाई गरेको कारबाहीको विरोध गरेका छन् । खनालले हरिबोल गजुरेलसहित सात जनालाई स्पष्टीकरणको समेत मौका नदिई कारबाही गरेको भन्दै सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वप्रति सन्तुष्टि पोखेका हुन् ।

images

उनले हरिबोलको कारबाहीको विषयलाई जोडेर पार्टीको असन्तुष्टीसमेत सार्वजनिक गरेका छन् । पार्टी एकता भएको लामो समय बिते पनि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला निर्णयहरूमा आफूहरूसँग छलफल नगरेको गुनासो उनले गरेका छन् ।

उनले भनेका छन्, ‘एकीकरण घोषणा भएको यति लामो समयपछि पनि नेपाली कम्युनिस्ट पार्टीभित्र नै नेतृत्वदायी कमिटी नै बन्न नसक्नु, संस्थागत निर्णय प्रक्रिया विकसित नहुनु, एकाध व्यक्तिहरूको इच्छाबमोजिम ठूलठूला निर्णयहरू गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेलजस्ता वरिष्ठ नेताहरूमाथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासनसम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारीसम्म पनि नहुनु र एकैचोटी सार्वजनिक सञ्चारमाध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएका छन् ।’

खनालले हरिबोलको कारबाही तत्काल फिर्ता गर्न अनुरोधसमेत गरेका छन् । साथै, उनले पार्टीका निर्णयहरूमा संस्थागन छलफल र समीक्षा नभए एकता विभाजन हुने चेतावनीसमेत दिएका छन् ।

images
प्रकाशित मिति :माघ १२, २०८२ सोमवार - ११:३३:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology