Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

कोलकोत्तास्थित रेलवेको कार्यालयमा आगलागी हुँदा ९ जनाको मृत्यु 

कोलकोत्तास्थित रेलवेको कार्यालयमा आगलागी हुँदा ९ जनाको मृत्यु 

images

एजेन्सी

२५, फाल्गुण २०७७
कोलकोत्तास्थित रेलवेको कार्यालयमा आगलागी हुँदा ९ जनाको मृत्यु 
images

भारतको पश्चिम बंगालको राजधानी कोलकातामा एक कार्यालयमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । पूर्व रेलवेको कोलाघाट कार्यालयमा आगलागी भएपछि आगलागी नियन्त्रणका लागि पुगेका दमकलकर्मी समेत ९ जनाको मृत्यु भएको र मृतकको सङ्ख्या थप हुन सक्ने बताइएको छ ।

१७ तल्लामा आगलागी भएको र हाल आगो नियन्त्रणमा आइसकेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । घटनाको बारेमा सूचना पाउनासाथ पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जी घटनास्थल पुग्नुभएको छ । उहाँले घटनामा मृत्यु भएकाहरुको परिवारलाई १०/१० लाख क्षतिपूर्ति र एक जना सदस्यलाई जागिर दिने घोषणा गर्नुभएको छ । आगलागी हिजो साँझ ६ बजेतिर भएको थियो । 

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - ०९:००:०५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology