Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

सामुदायिक वनमा ५० प्रतिशत महिला सहभागिताको व्यावहारिक कार्यान्वयन 

सामुदायिक वनमा ५० प्रतिशत महिला सहभागिताको व्यावहारिक कार्यान्वयन 

images

सिआईएन

२५, फाल्गुण २०७७
सामुदायिक वनमा ५० प्रतिशत महिला सहभागिताको व्यावहारिक कार्यान्वयन 
images

विनोद शर्मा, काठमाडौं, २५ फागुन । संविधानमा उल्लेख भएको ३३ प्रतिशत महिला सहभागिताको कार्यान्वयन र कतिपय ठाउँमा ५० प्रतिशत पु¥याउने बारेमा बहस भइरहेका छन् । तर सामुदायिक वन क्षेत्रमा भने ५० प्रतिशत महिला सहभागिता व्यवहारिक रूपमै कार्यान्वयन भइरहेको छ ।

२०५२ सालमा गठन भएको काभ्रेपलाञ्चोकको धारापानी सामुदायिक वन संरक्षण हुनुको सट्टा विनाश हुन थालेपछि बिगत २० वर्षदेखि महिलाले पुरै नेतृत्व सम्हालिरहेका छन् । २ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनसँग अहिले ३ लाख रुपैयाँ बचत छ । सामुदायिक वनले काठ विक्री गरेर प्राप्त रकमबाट विद्यालयका लागि ३ लाख र खानेपानी योजनाका लागि ३ लाख गरी ६ लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष भगवती घिमिरेले बताउनुभयो ।

काभ्रेमा ५ सय ६० सामुदायिक वन मध्ये २८ वटामा महिलाले नेतृत्व गरेका छन् । कास्कीमा रहेका ५ सय १६ मध्ये ३० सामुदायिक वनको नेतृत्व महिलाको छ । सेती बगरलाई हरियाली बनाएर प्रशंसा बटुलेको सुक्लागण्डकी सामुदायिक वनको महिला नेतृत्वले पुरुषको साथ पाउन लामै संघर्ष गर्नु परेको थियो । जँगलमा डढेलो लागेका बेला महिलाको वन भन्दै बेवास्ता गर्ने पुरुषहरुलाई सम्झाइ बुझाइ गरेपछि अहिले सहयोग पाइरहेको अध्यक्ष गीता न्यौपाने बताउनुहुन्छ ।

देशभरका २२ हजार ४ सयभन्दा बढी सामुदायिक वन छन् । तीमध्ये एक हजार एक सय सामुदायिक वन महिला मात्रैले संरक्षण तथा व्यवस्थापन गरिरहेका छन् । २०५५ मा गठन भएको मकवानपुरको सिमातमाई सामुदायिक वनले उपभोक्तालाई जीविकोपार्जनमा ठूलो सहयोग गरेको छ । वनमा लगाइएको डाले घाँस र बाँसका कारण उपभोक्तालाई पशुपालन गर्न सहज भएको अध्यक्ष चन्द्रमाया बलको भनाइ छ । सामुदायिक वनमा महिलाको वर्चश्व वा नेतृत्व भएमा अनियमिता कम हुने अनुभव उपभोक्ताको छ । सामुदायिक वनहरूको छाता सङ्गठन, सामुदायिक वन उपभोक्ता महासङ्घले २०६५ मै विधान संशोधन गरेर कार्यसमितिमा ५० प्रतिशत महिला सहभागिता अनिवार्य गरेको थियो । त्यसैको अनुशरण गर्दै सरकारले बनाएको सामुदायिक वन मार्गदर्शनमा कार्यसमितिको अध्यक्ष तथा सचिव र उपाध्यक्ष तथा कोषाध्यक्ष मध्ये एक जना महिला अनिवार्य हुनु पर्ने व्यवस्था गरेको अध्यक्ष भारती पाठक बताउनुहुन्छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घको केन्द्रीय समितिमा रहेका ८५ मध्ये अध्यक्ष र कोषाध्यक्षसहित ४५ जना महिला छन् । देशभरको क्षेत्र ६६ लाख १० हजार हेक्टर अर्थात ४४ दशमलव ७ प्रतिशत पुर्याउनमा पनि महिलाको भूमिका महत्वपूर्ण रहेको महासङ्घको निष्कर्ष छ ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - ०८:५२:४९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology