Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

चितवन–२ बाट कांग्रेसले मीना खरेललाई उम्मेदवार बनाउने निर्णय

चितवन–२ बाट कांग्रेसले मीना खरेललाई उम्मेदवार बनाउने निर्णय

चितवन–२ बाट कांग्रेसले मीना खरेललाई उम्मेदवार बनाउने निर्णय
images

चितवन, माघ ४ । नेपाली कांग्रेस चितवनले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट महिला अधिकारकर्मी मीना खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

images
images

नेपाली कांग्रेस चितवनका जिल्ला सचिव ध्रुव पोखरेलका अनुसार पार्टीको क्षेत्रीय समितिले खरेललाई सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। उनका अनुसार राजनीतिक, सामाजिक तथा अधिकारकर्मीको रूपमा सक्रिय खरेलको उम्मेदवारी लगभग निश्चित भइसकेको छ।

“चितवन–२ मा उहाँको उम्मेदवारी लगभग निश्चित हो,” सचिव पोखरेलले भने, “केन्द्रीय संसदीय बोर्डको औपचारिक निर्णय आउन बाँकी छ।”

चितवन–२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रसमेत हो। यसैबीच, नेकपा एमालेले सोही क्षेत्रबाट युवा नेता अस्मिन घिमिरेलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

images
प्रकाशित मिति :माघ ४, २०८२ आइतवार - २०:१२:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology