चितवन । नेकपा एमालेले चितवनका ३ वटै निर्वाचन क्षेत्रमा आगामी प्रतिनिधि सभा निर्वाचनको उम्मेद्वार टुंगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको सचिवालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि सबै उम्मेद्वार टुंगाएको हो ।
एमालेले चितवनको क्षेत्र नं. १ मा पार्टीको चितवन जिल्ला अध्यक्ष कमल पाठकलाई टिकट दिएको छ भने चितवन क्षेत्र नं. २ मा अश्विन घिमिरेलाई दिएका छन् ।
यस्तै क्षेत्र नं. ३ मा पार्टीको भरतपुर महानगर कमिटिका अध्यक्ष शंकरराज थपलियालाई टिकट दिएको छ ।