Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

विवाहेत्तर यौन सम्बन्ध राखेको आरोपमा इन्डोनेशियामा ४ जोडीलाई २०–२० कोर्रा

विवाहेत्तर यौन सम्बन्ध राखेको आरोपमा इन्डोनेशियामा ४ जोडीलाई २०–२० कोर्रा

images

एजेन्सी

२५, फाल्गुण २०७७
विवाहेत्तर यौन सम्बन्ध राखेको आरोपमा इन्डोनेशियामा ४ जोडीलाई २०–२० कोर्रा
images

इन्डोनेसियामा विवाहेतर यौन सम्बन्ध राखेको आरोपमा चार जोडीलाई २०–२० कोर्रा लगाइएको छ। सोमबार शरिया कानुनद्वारा शासित अति रूढिवादी आसेह प्रान्तमा ती पुरुष तथा महिलाहरूलाई सार्वजनिक रूपमा कोर्रा लगाइयो । कोरोनाभाइरस महामारीको बावजुद यो क्रुर सजाय दिइएको हेर्न भीड जम्मा भएको थियो ।

थुप्रैले आफ्नो फोनमा फोटो तथा भिडियोहरू खिचेका थिए । अनुहारमा मास्क लगाएका ती जोडीहरूलाई कोर्रा लगाउनुअघि चिकित्सा अधिकारीहरूले जाँचे र हतकडी लगाएर कोर्रा लगाइने ठाउँसम्म लगिएको थियो । अनुहार ढाकेका एक अधिकारीले उनीहरुलाई कोर्राको सजाय दिए ।

आसेह विश्वको सबैभन्दा बढी जनसंख्या भएको मुस्लिम–बहुल देशको एक मात्र प्रान्त हो जहाँ इस्लामी कानून लागू गरिएको छ । आसेहका ५० लाख बासिन्दाहरूमध्ये ९८ प्रतिशत मुसलमान हुन् । सन् २००१ मा विशेष स्वायत्तता प्रदान गरिएपछि आसेहले शरिया कानुनलाई अपनाएको थियो । यो लामो समयसम्म चलिरहेको पृथकवादी विद्रोहलाई रोक्न केन्द्रीय सरकारले गरेको प्रयास थियो।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - ०८:०९:०२ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology