Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

मध्यरातमा प्रेस विज्ञप्ती जारी गर्दै अकोराबको अधिवेशन स्थगित, प्रतिनिधीहरुको विचल्ली

मध्यरातमा प्रेस विज्ञप्ती जारी गर्दै अकोराबको अधिवेशन स्थगित, प्रतिनिधीहरुको विचल्ली

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७७
मध्यरातमा प्रेस विज्ञप्ती जारी गर्दै अकोराबको अधिवेशन स्थगित, प्रतिनिधीहरुको विचल्ली
images

काठमाण्डौ, २५ फागुन । आज हुने भनिएको सामुदायिक रेडियोहरूको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को १५औँ साधारणसभा तथा सातौँ अधिवेशन मध्यरातमा प्रेस विज्ञप्ती जारी गर्दै स्थगित भएको छ। संघको आधिकारीक प्रतिनिधी सम्बन्धमा विवाद भएसँगै अकोराब) को १५औँ साधारणसभा तथा सातौँ अधिवेशन मध्यरातमा प्रेस विज्ञप्ती जारी गर्दै स्थगित भएको हो। 

संघका अध्यक्ष सुवास खतिवडा र महासचिव गोविन्द देवकोटाद्वारा हस्ताक्षरित विज्ञप्तीमा आधिकारीक प्रतिनिधीको विषयमा सुरु भएको विवाद उत्कर्षमा पुगेको, संघका पदाधिकारीहरुलाई कार्यालयमा पुगेर केहि व्यक्तिहरुले धम्की दिएको भन्दै असुरक्षाको वातावरण उत्पन्न भएको विषम परिस्थितिले गर्दा अर्को सूचना जारी नहुन्जेल आजलाई तय गरिएको ७ औं अधिवेशन तथा १५ औं साधारणसभा स्थगित भएको उल्लेख गरिएको छ। 

यो सँगै अधिवेशनका लागि काठमाण्डौ आईसकेका देशभरका झण्डै ३ सय ६० सामुदायिक रेडियोका प्रतिनिधिहरूको बिचल्ली भएको छ।

अधिवेशनले अकोराबको नयाँ नेतृत्व चयन गर्ने र अधिवेशनको आज बिहान ९ वजे सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।

acorab.png

*उल्लेखित अकोराबको अध्यक्ष सुवास खतिवडा हुनुपर्नेमा अन्यथा भएकोले सच्चाईएको छ। –सं.

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - ०७:४४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology