Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखादेखि गोरखपुरसम्मको खिचडी यात्रा सुरु

गोरखादेखि गोरखपुरसम्मको खिचडी यात्रा सुरु

इच्छाकामना न्युज

३०, पौष २०८२
गोरखादेखि गोरखपुरसम्मको खिचडी यात्रा सुरु
images

 गोरखा, पुस ३० गते  । गोरखाको गोरखा दरबारस्थित गुरु गोरखानाथ मन्दिरदेखि भारतको गोरखपुरसम्मको खिचडी यात्रा मङ्गलबारबाट सुरु भएको छ । धार्मिक तथा सांस्कृतिक महìव बोकेको गोरखाको गोरखनाथदेखि ५० जनाको टोलीले भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्मको यात्रा सुरु गरेको हो ।

images
images

राष्ट्रिय गौ संरक्षण सङ्घ र गुरु गोरक्षनाथ फाउन्डेसनको आयोजनामा तथा गोरखा नगरपालिका र गोरखा दरबार हेरचाह अड्डाको समन्वयमा खिचडी यात्रा प्रारम्भ गरिएको हो । खिचडी यात्रामा बाजागाजा, मङ्गलधुन, स्वस्तिक वाचनसहित गोरखपुरसम्मको यात्रा सुरु गरिएको राष्ट्रिय गौ संरक्षण सङ्घ गोरखाका संयोजक होमसिंह बस्नेतले जानकारी दिनुभयो । 

गौ संरक्षण सङ्घ गोरखाका संयोजक बस्नेतले भन्नुभयो, “राष्ट्रिय एकताका प्रतीक राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणपछि खिचडी यात्राको सुरुवात गर्नुभएको थियो । देशमा राजाको बहिर्गमनपछि खिचडी यात्रा पनि रोकिएकाले २० वर्षपछि पुनः यात्रा सुरु गरिएको छ ।” अहिले फेरि सुरु गरिएको खिचडी यात्राले हराएको संस्कृतिलाई जोगाउन र गोरखाको पर्यटन प्रवर्धनमा नयाँ आयम थप्ने विश्वास लिएको उहाँको भनाइ छ । खिचडी गौ यात्रा भनेर चिनिने यो यात्रालाई यो वर्ष गोरखा नगरपालिकाले सहयोग गरेको छ । गोरखा नगरपालिकाले आफ्नो नीति तथा कार्यव्रmममा खिचडी यात्रालाई समावेश गरी निरन्तरता दिँदै आएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानाले बताउनुभयो । 

images
प्रकाशित मिति :पौष ३०, २०८२ बुधवार - ०९:०६:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology