Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

त्रिशक्ति महिला जागरण समूह आँबुखैरेनीद्वारा श्रमिक महिला सहित ६ जना सम्मानित 

त्रिशक्ति महिला जागरण समूह आँबुखैरेनीद्वारा श्रमिक महिला सहित ६ जना सम्मानित 

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७७
त्रिशक्ति महिला जागरण समूह आँबुखैरेनीद्वारा श्रमिक महिला सहित ६ जना सम्मानित 
images

आँबुखैरेनी, २४ फागुन । तनहुँको आँबुखैरेनीमा श्रमिक महिला सम्मानित भएका छन्। १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा त्रिशक्ति महिला जागरण समूह आँबुखैरेनीद्वारा श्रमिक महिला सहित ६ जना सम्मानित भएका हुन्। 

157172384_229518305568729_2311253522889569686_n.jpg

महिला दिवसको अवसरमा समूहले आयोजना गरेको महिला सशक्तिकरण ज्येष्ठ नागरिक तथा श्रमिक महिला सम्मान कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हो। सम्मानित हुनेमा महिला श्रमिक कल्पना थापा रहेका छन्। यस्तै सम्मानित हुने ज्येष्ठ नागरिक महिलाहरुमा १०० वर्षीया देउमाया थापा, ८७ वर्षीया लिला कुमारी के.सी., ८५ वर्षीया जुना के.सी., ८५ वर्षीया मैया के.सी. र ८४ वर्षीया खँ कुमारी कंडेल रहेका छन्। उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख पवित्रा पौडेलले दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरि सम्मानित गरिएको थियो। 

156979802_712867679406355_6097050987266776786_n.jpg

समूहका अध्यक्ष सृजना अधिकारी थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको पनि सहभागिता रहेको थियो।

157487831_3782423788523653_3862358022942712277_n.jpg158304498_1358478891184816_7938691304283717163_n.jpg

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - २२:३१:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology