Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

आधारभुत विद्यालय भाराङको नवनिर्मित भवन इच्छाकामना अध्यक्ष गुरुङद्वारा उद्घाटन

आधारभुत विद्यालय भाराङको नवनिर्मित भवन इच्छाकामना अध्यक्ष गुरुङद्वारा उद्घाटन

इच्छाकामना न्युज

२६, पौष २०८२
आधारभुत विद्यालय भाराङको नवनिर्मित भवन इच्छाकामना अध्यक्ष गुरुङद्वारा उद्घाटन
images

भाराङ । चितवनको इच्छाकामना गाउँपालिका १ भाराङ्गमा रहेको राष्ट्रिय आधारभूत विद्यालय भाराङ्गको नवनिर्मित भवनको उद्घाटन तथा ५४ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले शुक्रबार एक कार्यक्रमकाबिच नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।  

images
images

612143877_122133399998988564_8569258104478461467_n.jpg

भवनको उद्घाटन गर्नुहुदैँ गाउँपालिका अध्यक्ष गुरुङले शैक्षिक सुधारका लागि गाउँपालिका  लागि परेको बताउनुभयो । आवश्यकता अनुसार विद्यालयको भौतिक संरचना निर्माणमा पनि जोड दिएको बताउनुभयो । यस अघि यहाँको भवन जिर्ण अवस्थामा रहेकोले गाउँपालिकाले  पक्की विद्यालय भवन निर्माण गरिएको बताउनुभयो । भौतिक संरचना निर्माण सगैँ शैक्षिक सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । अहिले  कक्षा ८ सम्म मात्र पढाइ भइरहेको यस विद्यालयलाई आगामी शैक्षिक सत्रबाट कक्षा ९ को कक्षा सञ्चालन गर्नका लागि लागि पर्न अभिभावक तथा शिक्षकहरुलाई आग्रह गर्नुभयो ।जसका लागि गाउँपालिकाले आवश्यक जनशक्ति उलब्ध गराउनका साथै  र भौतिक संचरना निर्माण गरिदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस विद्यालय भवन निर्माणका लागि साझेदारी गर्ने संस्था समपना भिलेज सोसल इम्प्याक्ट सौराहालाई धन्यवाद दिनुभयो ।

612931779_122133400604988564_189411808307468583_n.jpg

उपाध्यक्ष माया सिलवालले गाउँपालिकाले शिक्षाबाट कोही पनि वञ्चित नहोस भन्नेमा जोड दिएको बताउनुभयो । कुनै पनि बालबालिका  शिक्षाबाट वञ्चित भएको पाए शिक्षकहरुले अभिभाव र बालबालिकालाई सम्झाई बुझाई गरि विद्यालय सम्म ल्याउनुपर्ने कर्तव्य रहने बताउनुभयो । 
 
बालबालिकाहरुलाई अनुसान र नैतिकवान बनाउन अभिभावकहरुको मुख्य भूमिका रहेकोले त्यस तर्फ अभिभावकले ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।गाउँपालिकाले इच्छाकामनाको समृद्धिका लागि सबै सँग सहकार्य गरिरहेको बताउँदै  उपाध्यक्ष सिलवालले यस विद्यालय भवन निर्माणमा साझेदारी गरेकामा सपना भिलेजलाई धन्यवाद दिनुभयो । यहाँ विद्युत,मोटरबाटो खानेपानीको व्यवस्था पक्की विद्यालय भवन बनीसकेको र थप विकासका लागि अझ शसक्त भएर सबै लाग्नुपर्ने बताउनुभयो। 

613004855_122133400796988564_3952169460647680266_n.jpg
 
सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा विशेष गरी शिक्षा क्षेत्रको विकासका लागि सहयोग गरिरहेको बताउनुभयो । उहाँले स्थानीय तहसँगको सहकार्यले ग्रामीण भेगका विद्यालयमा गुणस्तरीय शिक्षा र सुरक्षित सिकाइ वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।यस अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

614054034_122133400754988564_5658639594563898321_n.jpg

नयाँ भवन निर्माण हुनु अघि जीर्ण अवस्थामा रहेको पुरानो विद्यालय भवनका कारण पठनपाठनमा समस्या हुँदै आएको थियो। अहिले आधुनिक संरचना, सुरक्षित कक्षा कोठा र पर्याप्त स्थानसहितको नवनिर्मित भवनले विद्यार्थी र शिक्षक दुवैलाई सहज र प्रेरणादायी वातावरण प्रदान गरेको विद्यालय प्रधानाध्यापक दीप बहादुर गुरुङले बताउनुभयो ।  

612919529_4156137281187950_8625988702723754576_n.jpg

सो अवसरमा विद्यालयलाई जग्गा दान गर्ने जग्गादाता लगायत सहयोगीहरुलाई सम्मान गरेका थिए भने विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए । साथै  शिक्षक तथा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । 

611629896_4156137041187974_6556524914838645854_n.jpg

कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मण चेपाङ,वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, विभिन्न संघसंस्थाका प्रतिनिधि, अभिभावकहरुको उपस्थिति रहेका थिए । कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष सन्त बहादुर राना मगर, सपना भिलेज सोसल इम्प्याक्टका  कार्यक्रम निर्देशक सुजन बस्नेत लगायतले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम विद्यालय व्यवसाथपन समितिका अध्यक्ष सुद्ध बहादुर चेपाङको अध्यक्षतामा सम्पन्न भएको हो । 

613044020_4156137497854595_3687146402084190908_n.jpg

गाउँपालिका र सपना भिलेजको सहकार्यमा रु एक करोड १३ लाख ६२ हजार २२९  मा ८ कोठे  पक्की भवन निर्माण गरिएको हो । साथै सहरी विकास मन्त्रालयकोा आर्थिक सहयोगमा ४ कोठे भवन निर्माण कार्य पनि सम्पन्न भएको छ ।  कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा २७० बालबालिका अध्ययनरत छन् ।  

images
प्रकाशित मिति :पौष २६, २०८२ शनिवार - ०७:५७:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology