Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको म्याग्दे गाउँपालिकाका एकल महिलालाई रातो टिका र पछ्यौरा

तनहुँको म्याग्दे गाउँपालिकाका एकल महिलालाई रातो टिका र पछ्यौरा

इच्छाकामना न्युज

२४, फाल्गुण २०७७
तनहुँको म्याग्दे गाउँपालिकाका एकल महिलालाई रातो टिका र पछ्यौरा
images

तनहुँ, २४ फागुन । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जिल्लाको म्याग्दे गाउँपालीकाले एकल महिलालाई रातो टीका र रातो पछ्यौराले सम्मान गरेको छ । रातो टिकाले सम्मानित हुँदा अधिकांश एकल महिला भावविह्वल भए । रातो टीका र रातो पछ्यौरा ओढ्ने सुरुवात गाउँपालीकाका अध्यक्ष मायादेवी रानाले गरिन् ।

images
images

उनले अमाजु र जेठानी दिदी बाट जब रातो पछ्यौरा ओढिन मञ्चमै आँसुको धारा बगाइन् । समाजलाई पुरानो रूढिवादि परम्परा र संस्कार बाट माथि उकास्न जसले कार्यक्रम आयोजना गर्यो र सयौं एकल महिलालाई जुटाएर क्रान्तिको अवधारणा ल्यायो स्वयं अध्यक्षकै आँखाबाट आँसु बग्न थालेपछि सयौं उपस्थित महिलाहरूको पनि रूवावासि चल्यो । कार्यक्रम निकै भावनामा बग्दै गर्दा महिला मात्रै होइन पुरूष पनि भावुक बने ।

साच्चै म्याग्देले क्रान्तिको काम गर्यो यो अभियानले निकै खुसि तुल्याएको छ रातो पछ्यौरा ओढेपछि म्याग्दे ५ कि पदम माया थापाको प्रतिक्रिया थियो । म अहिले ४८ बर्षको भएँ , २६ बर्षको उमेरमा श्रीमानको मृत्युु भए पछि एकल महिलाको रूपमा घरमै एउटा छोरा र छोरि हुर्काइ , पढाइ सक्षम बनाउन सकेँ उनले भावुक हुँदै भनिन् । एकल महिला भनेपछि समाजका केही मानिसले अर्कै दृस्ठिकोणले हेर्ने , स्वतन्त्र रूपमा जीवन चलाउँदा पनि नकारात्मक कुरा गर्ने अनेक टिकाटिप्पढि गर्ने गरेको पाएको हुँदा छोराछोरिको सल्लाह अनुसार रातो टीका र पछ्यौरा ओंढ्न आएकि हुँ थापाले आँशु झार्दै भनिन् ।

यस्तै म्याग्दे ३ कि २१ बर्षिय अन्जु थापाले पनि १ बर्ष अगाडि आफ्नो श्रीमानको बैदेशिक रोजगारिको सिलसिलामा मृत्युु भए पछि रातो नलगाई बसेकामा अब सधैं यसरी हुँदैन भन्ने मनमा आएकोले आजबाट रातो पछ्यौरा र टीका लगाएको बताइन् । थापाको जस्तै भनाइ सम्मानित सबै महिलाको थियो, उनिहरूले गाउँपालिकाको यस प्रयास र अभियानलाई निकै सर्हाए । कार्यक्रम स्थलमा पछ्यौरा ओढ्नेको घुइँचो लाग्यो ।

अध्यक्ष मायादेवी राना , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी तथा कार्यक्रमको अध्यक्षता गरिरहेकि बद्रीका घिमिरे लगायतलाई भ्याइनभ्याई भयो । करिव २ सय २७ जना एकल महिलाले रातो पछ्यौरा र रातो टीका लगाऐको गाउँपालीका अध्यक्ष मायादेवी रानाले बताइन् । यस्तै सोहि कार्यक्रममा गाउँपालीका भित्रका अस्पतालमा सुत्केरी हुने महिलालाई सुत्केरी प्रोत्साहन रकम बापत रू ३ हजारका दरले बितरण गरिएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए ।

नारी दिवसको अवसर पारेर आयोजना गरिएको मावि स्तरीय छात्रा फुटबल प्रतियोगिताका बिजेता उपविजेता टिमलाई सोहि अवसरमा पुरस्कार बितरण गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । कार्यक्रममा राधा मावि जामुनेका विद्यार्थीहरूले कौरा नृत्य समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा धनमाया आले , मनिता थापा , दिलबहादुर नेपाली , रामबहादुर अधिकारी , कुमारी राना , रत्ना घिमिरे , लगायतका बक्ताहरूले नारि हकहितका बारेमा बोलेका थिए । बद्रीका घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत रामकुमारी केसीले र सञ्चालन राधा घिमिरेले गरेकि थिईन् ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - २१:५८:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology