Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको तीन निर्वाचनक्षेत्रमा चुनाव लड्न एमालेले गर्‍यो २७ जनाको नाम सिफारिस

चितवनको तीन निर्वाचनक्षेत्रमा चुनाव लड्न एमालेले गर्‍यो २७ जनाको नाम सिफारिस

इच्छाकामना न्युज

२३, पौष २०८२
चितवनको तीन निर्वाचनक्षेत्रमा चुनाव लड्न एमालेले गर्‍यो २७ जनाको नाम सिफारिस
images

रामबाबु सुवेदी

images
images

भरतपुर । आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा (एमाले) चितवनले तीन वटा क्षेत्रबाट २७ जनाको नाम सिफारिस गरेको छ । चितवन क्षेत्र नं १ बाट ६ जना, चितवन क्षेत्र नं २ बाट १५ जना र चितवन क्षेत्र नं ३ बाट ६ जना गरी २७ जनाको नाम सिफारिस भएको हो ।

क्षेत्रीय कमिटीले सिफारिस गरेको २७ जनाको नाममाथि जिल्ला कमिटीको आज बुधबार बस्ने जिल्ला कमिटीको बैठकमा छलफल हुनेछ । सम्भवतः बुधबार फाइनल गरिएको नामलाई केन्द्रमा पठाइने एमाले चितवनले जनाएको छ ।

क्षेत्र नम्बर ३ चितवनले छ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटीका संयोजक सुदीप रेग्मीका अनुसार भरतपुर–६, चोकबजारमा बसेको बैठकले पार्टी नेताहरुको आकाङ्क्षाका आधारमा नाम सङ्कलन गरेर जिल्ला कमिटीमा सिफारिस गरिएको हो । क्षेत्र नं ३ मा उमेदवार बन्नका लागि राष्ट्रिय सभा राष्ट्रिय सरोकार समितिकी निवर्तमान सभापति दिलकुमारी रावल पार्वती, एमाले भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलिया, क्षेत्रीय संयोजक सुदीप रेग्मी, विजय विक, डोलनाथ अधिकारी र दिव्य शर्माको नाम सिफारिस गरेको हो । जिल्ला कमिटीले क्षेत्रीय कमिटीबाट आएको नाम छनोट गरेर बुधबार प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाउनेछ ।

यस्तै, क्षेत्र नं २ का सचिव प्रकाश आचार्यका अनुसार क्षेत्र नं २ बाट आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उमेदवार बन्नको लागि १५ जनाको नाम जिल्ला कमिटीमा सिफारिस भएको छ । देवी ज्ञवाली, कृष्णभक्त पोखरेल, विजय सुवेदी, रमाकान्त सापकोटा, कृष्णप्रसाद सिलवाल, राजकुमार श्रेष्ठ, डा तिलचन्द्र भट्टराई, सुनिता अधिकारी, अश्विन घिमिरे, रामचन्द्र कँडेल, धिरनबाबु घिमिरे, अविरल पोखरेल, शारदा कुमाल, शम्भु सुवेदी, शंकर अधिकारीको नाम सिफारिस भएको छ ।

यस्तै, चितवन क्षेत्र नं १ मा ६ जनाको नाम जिल्ला कमिटीमा सिफारिस भएको छ । एमाले प्रदेश कमिटी उपाध्यक्ष दावादोर्जे लामा, चितवन जिल्ला अध्यक्ष कमलराज पाठक, एमाले प्रदेश कमिटी सदस्य रत्ननगर ५ निवासी लक्ष्मी कोइराला पोख्रेल, एमाले केन्द्रीय विभागका पूर्वसदस्य रत्ननगर १३ का डा. किशोरचन्द्र खनाल, चितवन क्षेत्र नम्बर १ (क) संयोजक खैरहनी कुमरोजका कृष्णलाल चौधरी र क्षेत्र नं १ का सचिव खैरहनी ८ का भरत भण्डारीको नाम सिफारिस गरिएको छ ।

images
प्रकाशित मिति :पौष २३, २०८२ बुधवार - ०९:१२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology