Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मधेशमा फेरि शीतलहर, जनजीवन प्रभावित

मधेशमा फेरि शीतलहर, जनजीवन प्रभावित

इच्छाकामना न्युज

२०, पौष २०८२
मधेशमा फेरि शीतलहर, जनजीवन प्रभावित
images

जनार्जन खत्री, सर्लाही । सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा पुनः शीतलहर सुरु भएपछि जनजीवन कष्टकर बनिरहेको छ । बिहीबार र शुक्रबार दिउँसो पारिलो घाम लागेपछि शनिबारदेखि पुनः शीतलहर भएपछि  जनजीवन कष्टकर भएको हो ।

images
images

शीतलहरका कारण बालबालिका, वृद्धवृद्धा, अशक्त र विपन्न वर्गका मानिस प्रभावित बनेका छन् । हुस्सु, कुहिरोका कारण मधेश प्रदेशमा दैनिक जनजीवनसँगै यातायात र हवाइ क्षेत्रसमेत प्रभावित बनिरहेको छ ।

अत्यधिक चिसो र शीतलहरका कारण अत्यावश्यक काम परेर यात्रा गर्नुपर्ने मानिसहरु बढी प्रभावित छन् । विद्यालय जानुपर्ने बालबालिका, विभिन्न कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राही र सेवा प्रवाह गर्नुपर्ने कर्मचारीलाई पनि चिसो, बाक्लो हुस्सु र शीतलहरले समस्या पारिरहेको छ ।

हुस्सु, कुहिरोका कारण किसानले उब्जाएको विभिन्न बालीनालीमा सङ्क्रमण बढेको छ । जाडो असाध्य बढ्दा चौपाय र पन्छी जोगाउन मुस्किल परेको किसानले गुनासो गरेका छन् ।

रातदिन शीतलहर जारी रहँदा सर्लाहीमा सडक नै भिजेको छ । रुखविरुवाका पात शीतले छपक्क भएर भिजेका छन् । चिकित्सकले यस्तो प्रतिकूल मौसममा अत्यावश्यक काम पर्दाबाहेक घरभित्रै न्यानो भएर बस्न, बालबच्चा र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न, झोलिला र ताता खानेकुरा प्रशस्त खान सुझाव दिएका छन् ।

images
प्रकाशित मिति :पौष २०, २०८२ आइतवार - ०९:१५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology