Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शीतलहरबाट जनजीवन कष्टकर, राहतमा जुटे सेना र स्थानीय तह

शीतलहरबाट जनजीवन कष्टकर, राहतमा जुटे सेना र स्थानीय तह

इच्छाकामना न्युज

१९, पौष २०८२
शीतलहरबाट जनजीवन कष्टकर, राहतमा जुटे सेना र स्थानीय तह
images

जमुनाह (बाँके)। बाँकेमा पुसको सुरुवातसँगै बढेको अत्यधिक चिसो र निरन्तरको शीतलहरका कारण सर्वसाधारणको दैनिकी अत्यन्तै कष्टकर बनेको छ । पुस लागेयता घाम नलागेका कारण बढेको चिसोले विपन्न तथा मजदुरलाई बढी प्रभाव पारेको छ । यसै परिस्थितिलाई ध्यानमा राख्दै स्थानीय तह र सुरक्षा निकायले प्रभावित क्षेत्रमा राहत सुरु गरेका छन् । 

images
images

बढ्दो चिसोबाट सर्वसाधारणलाई जोगाउन नेपाली सेनाको बज्रदल गण राँझाले सक्रियता देखाएको छ । गणले जिल्लाका खजुरा, पुरैना, फूलटेक्रा र आलानगरलगायतका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्नका लागि दाउरा उपलब्ध गराएको छ । बज्रदल गणका गणपति प्रमुख सेनानी रामचन्द्र श्रेष्ठले मानवीय सेवाको उद्देश्यले प्रभावितका लागि दाउरा सहयोग गरिएको बताउनुभयो । 

सेनासँगै स्थानीय तहले पनि दाउरा वितरणलाई तीव्रता दिएका छन् । सार्वजनिक स्थानमा आगो बाल्नका लागि ६४ चट्टा दाउरा मौज्दात रहेकोमा नरैनापुरले १० चट्टा तथा बैजनाथ र राप्तीसोनारीले दुई/दुई चट्टा दाउरा वितरण गरिसकेका छन् भने नेपालगन्ज उपमहानगरपालिकाले पनि दाउरा 

वितरण सुरु गरेको छ । दाउरासँगै विभिन्न पालिकाले गरिब तथा विपन्न परिवारलक्षित कम्बल वितरण कार्यलाई पनि अगाडि बढाएका छन् । हालसम्म जिल्लाका विभिन्न पालिकामा एक हजार ८० थान कम्बल वितरण भइसकेको छ । जस अन्तर्गत जानकी गाउँपालिकामा सबैभन्दा धेरै आठ सय थान, राप्तीसोनारीमा १८० थान तथा कोहलपुर र खजुरामा ५०/५० थान कम्बल वितरण गरिएको छ । 

बैजनाथ गाउँपालिकाले पनि कम्बल वितरण प्रक्रिया सुरु गरिसकेको छ भने जिल्लाभर अझै एक हजार ७८० थान कम्बल मौज्दात अवस्थामा राखेको छ । जिल्ला विपत् व्यवस्थापन समिति बाँकेले चिसो तथा शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गर्दै सोही अनुसार काम गरिरहेको जनाएको छ । समितिको प्रक्षेपण अनुसार यस वर्ष बाँकेमा ३६ हजार घरपरिवारका करिब एक लाख ७६ हजार मानिस चिसो र शीतलहरबाट प्रभावित हुन सक्ने देखिएको छ । 

चिसोको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले सर्वसाधारणका लागि सावधानीका सन्देशसमेत प्रवाह गरिरहेको छ । जसमा घरबाहिर काम परेपछि मात्र निस्कन, न्यानो लुगा लगाउन र तातो झोलिलो खानेकुराको अत्यधिक सेवन गर्न आग्रह गरिएको छ ।  

images
प्रकाशित मिति :पौष १९, २०८२ शनिवार - ०८:५१:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology