Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

एमाले कर्णालीका अध्यक्ष शाह प्रतिनिधिसभाका लागि एकल सिफारिस

एमाले कर्णालीका अध्यक्ष शाह प्रतिनिधिसभाका लागि एकल सिफारिस

images

इच्छाकामना न्युज

१९, पौष २०८२
एमाले कर्णालीका अध्यक्ष शाह प्रतिनिधिसभाका लागि एकल सिफारिस
images

शंकर केसी सल्यान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानबाट एकल उम्मेदवार सिफारिस हुनुभएको छ । शुक्रबार एमाले सल्यानको आठौँ पूर्ण बैठकले शाहलाई आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वार सिफारिस गरेको हो ।

शाहको योग्यता, अनुभव र कर्णाली प्रदेशमा पार्टीको नेतृत्व तथा देशको राजनीतिक क्षेत्रमा खेलेको प्रभावकारी भूमिकालाई ध्यानमा राखेर जिल्ला कमिटीको पूर्ण बैठकले सर्वसम्मत रुपमा एकल सिफारिस गरेको एमाले सल्यानका अध्यक्ष भिमबहादुर सेनले बताउनुभयो । सल्यानमा एउटा मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको छ । बैठकले भर्खरै सम्पन्न पार्टीको एघारौं महाधिवेशनको सन्देशसभा तथा विस्तारित बैठक जिल्लाका दसवटै पालिकाहरुमा आयोजना गर्ने निर्णय पनि गरेको छ ।

बनगाड कुपिण्डे नगरपालिकामा पुस १९ गते, शिद्धकुमाख गाउँपालिकामा २४ गते, त्रिवेणी गाउँपालिकामा २५ गते, शारदा नगरपालिकामा २६ गते, छत्रेश्वरीमा २७ गते, कुमाखमा २८ गते, दार्मामा २९ गते, बागचौर नगरपालिकामा ३० गते तथा कालिमाटी गाउँपालिकामा माघ २ गते रकपुरकोट गाउँपालिकामा माघ ३ गते सभा एवम् पार्टीको विस्तारित बैठक गर्ने निर्णय भएमो एमाले सल्यानका उपसचिव तथा प्रचार विभाग प्रमुख गणेशमान सिंहले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :पौष १९, २०८२ शनिवार - ०८:४८:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology