Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

देशभरका सामुदायिक रेडियोकर्मी काठमाडौँमा, अकोरावको नयाँ नेतृत्व भोली चयन हुने 

देशभरका सामुदायिक रेडियोकर्मी काठमाडौँमा, अकोरावको नयाँ नेतृत्व भोली चयन हुने 

images

सिआईएन

२४, फाल्गुण २०७७
देशभरका सामुदायिक रेडियोकर्मी काठमाडौँमा, अकोरावको नयाँ नेतृत्व भोली चयन हुने 
images

काठमाण्डौ, २४ फागुन । सामुदायिक रेडियोहरूको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को १५औँ साधारणसभा तथा सातौँ अधिवेशन भोलि काठमाडौँमा हुँदैछ । अधिवेशनका लागि देशभरका सामुदायिक रेडियोका प्रतिनिधिहरू काठमामाडौँ आइसकेका छन् ।

अधिवेशनले अकोराबको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा देशभरिका झण्डै ३ सय ६० सामुदायिक रेडियो प्रसारकहरूको सहभागिता रहने अकोराबका महासचिव गोविन्द देवकोटाले जानकारी दिनुभयो । अधिवेशनको भोलि बिहान ९ वजे सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गर्नु हुनेछ ।

कोभिड १९ को सुरक्षाका मापदण्ड पालना गर्दै भौतिक रूपमा नै १५औँ साधारणासभा तथा सातौँ अधिवेशन गर्न लागिएको हो । नयाँ नेतृत्व चयनसँगै देशभरिका सामुदायिक रेडियो सञ्चालन, तिनीहरुले उत्पादन गर्ने सामग्रीका विषयमा पनि समीक्षा हुने महासचिव देवकोटाले बताउनुभयो । अधिवेशन उद्घाटन समारोहको सीआइएनले भोलि बिहान ९ बजेबाट प्रत्यक्ष प्रसारण गर्नेछ । 

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - २१:१९:२६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology