कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्षत दान बहादुर गुरुङको अध्यक्षतामा बुधबार गाउँसभा बैठक सम्पन्न भएको हो ।
सभामा उपाध्यक्ष माया सिलवालले चालु आर्थिक बर्ष २०८२/८३ को बजेट योजना तथा कार्यक्रमको संशोधन तथा रकमानान्तरको प्रस्ताव पेश गर्नुभएको थियो । चालु खर्च तर्फको बजेट घटाई पुँजीगत तर्फको बजेट बृद्धि गरिएको जानकारी दिनुभयो ।सामाजिक विकास समितिका संयोजक लक्ष्मण चेपाङले प्रज्ञा प्रतिष्ठान विधेयक ,२०८२ र सुशान तथा संस्थागत विकास समितिका संयोजक पञ्च बहादुर चेपाङले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक २०८२ प्रस्तुत गर्नुभएको थियो । प्रस्तावित विधेयक र बजेट योजना तथा कार्यक्रमको संशोधन तथा रकमान्तरको प्रस्ताव सर्वसम्मत पारित गरिएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।
साथै वि.स.२०४६ सालदेखि महिला स्वास्थ्य स्वंसेविका रहि सेवा प्रदान गर्दै आउनुभएकी वडा नम्बर २ का पूर्व वडास सदस्य समेत रहनुभएकी माया गुरुङलाई विदाई गरिएको छ । गुरुङलाई नगद रु लाख र सम्मानपत्र र नगदसहित सम्मान गर्दै गाउँपालिकाले विदाई गरिएको हो ।

