Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शहिदलखन गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न

शहिदलखन गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न

इच्छाकामना न्युज

१०, पौष २०८२
शहिदलखन गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न
images

घैरुङ । शहिदलखन गाउँपालिकाको  १८ औँ  गाउँसभा बुधबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा भएको सभामा आज आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२, शहिद लखन गाउँपालिकाको गाउँ सभा सचिवालय स्थापना तथा कार्यसञ्चालन कार्यविधि, २०८२ तथा विनियोजन विधेयक, २०८२ (पहिलो संशोधन) सर्वसम्मत पारित गरेको छ । 

images
images

बैठकमा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले  न्यायिक समिति सम्बन्धी प्रतिवेदन तथा आन्तरिक राजश्व सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको थियो । 
    

सभामा कोपिला वि.क.लझक्कल बहादुर थापा, काशीनाथ अँगाईले शुभकामना मन्तव्य राख्नुभएको थियो । शहिदलखन गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आर्थिक विकास समिति संयोजक दिपक पाण्डेले प्रस्तुत गर्नु भएको थियो भने वन वातावरण तथा विपद् व्यवस्थापन विकास समिति स.योजक प्रेम गुरुङले समर्थन गर्नुभएको थियो । 

605698148_25258580927156144_9090095912146863502_n1766594368.jpg
शहिदलखन गाउँपालिकाको गाउँसभा सचिवालय स्थापना र कार्य सञ्चालन कार्यविधि २०८२  गाउँ कार्यपालिका सदस्य एवँ वडा नम्बर ६ का वडा अध्यक्ष दिलिप नारायण थापाले प्रस्तुत गर्नु भएको थियो र गाउँ कार्यपालिका सदस्य विमला ढुँगानाले समर्थन गर्नुभएको थियो । 

विनियोजन ऐन, २०८२ (पहिलो सँशोधन, २०८२) गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले प्रस्तुत गर्नुभएको थियो र गाउँकार्यपालिका सदस्य शोभा नेपालीले समर्थन गर्नु भएको थियो । साथै गाउँपालिका उपाध्यक्ष  तिवारीले न्यायिक समिति र राजश्व परामर्श समितिको अर्ध वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । लेखा परीक्षण प्रतिवेदनहरु माथि छलफल तथा वेरुजु फछर्यौट समस्यामा जानकारी गराउनुभएको थियो ।

images
प्रकाशित मिति :पौष १०, २०८२ बिहिवार - १२:३३:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology