मुग्लिन । इच्छाकामना जेसीजको अध्यक्षमा रन्जिता सिलवाल चयन हुनुभएको छ । बुधबार मुग्लिनमा सम्पन्न दोश्रो साधारण सभा तथा शाखा अधिवेशनले सिलवालको नेतृत्वमा नया कमिटि गठन गरिएको हो ।
कार्यकारीणि उपाध्यक्षमा प्रकाश श्रेष्ठ र पुजा डल्लाकोटी ,उपाध्यक्षमा मेलिना श्रेष्ठ, आयुश कुमार शाह र शान्ती सिलवाल रहेका छन् । मनोनित पद तर्फ महासचिवमा सनम पन्त, कोषाध्यक्षमा निश्चल श्रेष्ठ र कानुनी सल्लाहका सन्देश गुरुङ रहेका छन् ।
इच्छाकामना जेसीजका संस्थापक अध्यक्ष गोमा लुइटेलको सभापतित्व तथा इच्छाकामना जेसीजलाई मातृत्व प्रदान गर्ने रत्ननगर जेसीजका पूर्व अध्यक्ष सुवास पोखरेलको प्रमुख आतिथ्यमा साधारण सभा तथा अधिवेशन सम्प्न्न भएको हो ।