Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

संघीय शिक्षा ऐन ल्याउने तयारी गरिरहेको शिक्षामन्त्रीको भनाइ 

संघीय शिक्षा ऐन ल्याउने तयारी गरिरहेको शिक्षामन्त्रीको भनाइ 

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७७
संघीय शिक्षा ऐन ल्याउने तयारी गरिरहेको शिक्षामन्त्रीको भनाइ 
images

काठमाण्डौ, २४ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।  २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको भन्दै उहाँले अब नयाँ शिक्षा ऐन ल्याउने तयारी गरेको बताउनुभएको हो ।  

चन्द्रागिरि नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको भवन शिलान्यास कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तर सुधारको आवश्यकता रहेको बताउनुभयो । विद्यालयमा भारत सरकारको साढे ६ करोड ४८ लाख रुपैयाँ लागतमा ३२ कोठे भवन निर्माण हुँदैछ । सम्झौता अनुसार ठेकेदार कम्पनीले १५ महिनामा भवन निर्माण गरिसक्नुपर्नेछ ।

हाल भारतको सहयोगमा करिब ७० विद्यालयको पुनर्निर्माण भइरहेको र २८ आंगिक क्याम्पस बनाउने तयारी गरिरहेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।  

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - २१:०३:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology