Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू साँस्कृतिक प्रतिष्ठानको रजतजयन्तीमा पुनर्मिलन कार्यक्रम

तमू साँस्कृतिक प्रतिष्ठानको रजतजयन्तीमा पुनर्मिलन कार्यक्रम

तमू साँस्कृतिक प्रतिष्ठानको रजतजयन्तीमा पुनर्मिलन कार्यक्रम
images

पोखरा । तमू साँस्कृतिक प्रतिष्ठान नेपालको रजत जयन्तीको अवसरमा पुनर्मिलन कार्यक्रम आयोजना गरिएको छ । प्रतिष्ठानले स्थापनाको २५ औं वार्षिकोत्सवको अवसर परोर पोखरामा एक कार्यक्रमको आयोजना गरि भव्य रुपमा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको हो । 

images
images

विधिवत रुपमा वि.सं. २०५८ सालमा स्थापना भै गुरुङ समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आइरहेको यो संस्था जापानमा गठन भइ नेपालमा गुरुङ समुदाय बीच एक गतिशील सामाजिक संस्थाको रुपमा परिचित छ । २५ बर्षको दौरानमा रहेको प्रतिष्ठानले रजत जयन्तीको अवसर पारेर संस्थाका संस्थापक सदस्यहरू, आजिवन सदस्यहरु, सल्लाहकारहरु, अक्षयकोषदाताहरु एवम् शुभचिन्तकहरुबीच पुनर्मिलन कार्यक्रम आयोजना गरेको हो । लामो समयदेखी भेटघाट हुन नसकेका व्यक्तित्वहरु तथा कामको व्यस्तताले रमाइलो माहोलमा आफूलाई समाहित गर्न अवसर नमिलेका व्यक्तिहरुलाई जमघट गराई खुशी र आफ्ना भावनाहरु साट्न यस्तो कार्यक्रमको आयोजना गरिएको  तमू साँस्कृतिक प्रतिष्ठान नेपालका सचिव कन्चन गुरुङले जानकारी दिनुभयो । 

3.jpg

कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले सुन्दर नृत्य प्रस्तुत गरेका थिए भने गायक राजबहादुर गुरुङ, सङ्गिता गुरुङ, डविन गुरुङ र प्रकाश रानाको सुमधुर आवाजले कार्यक्रममा थप रौनक थपिएको थियो । संस्थाका पूर्व अध्यक्ष चिजकाजी गुरुङ र सदस्य मणिलाल गुरुङद्वारा तयार पारिएको स्थापनाकालदेखि २५ वर्षसम्म भएका संस्थाका गतिविधिहरु समेटिएको डकुमेन्ट्री समेत प्रस्तुत गरिएको कार्यक्रममा टेक गुरुङ, धीरबहादुर गुरुङ,   पदमशोभा गुरुङ, मनकुमारी गुरुङ र हुमबहादुर गुरुङले आजिवन सदस्यता ग्रहण गर्नुभएको थियो भने दरौं सिरुबारी, घर भै हाल युके निवासी सीता गुरुङ्द्वारा १० हजार १ सय ५ र संस्थाका पूर्व कोषाध्यक्ष भिमकाजी गुरुङ र उहाँकि धर्मपत्नी विष्णु  गुरुङद्वारा २० हजार १ सय रुपैयाँ कार्यक्रम सफलताका लागि शुभकामना सहित नगद सहयोग गर्नुभएको थियो । 

1.jpg

कार्यक्रममा सहयोग र सेवाको भावनाले ओतप्रोत भएका पर्वत राम्जाकोट, हाल पोखरा नयाँ गाउँ निवासी, तमु धीं जापानका संस्थापक अध्यक्ष, वर्तमान प्रमुख सल्लाहकार जीवन गुरुङ र परनिता गुरुङले १ लाख २५ हजार रकम बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।

4.jpg

प्रतिष्ठानका प्रथम उपाध्यक्ष भेषबहादुर गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्रीजङ गुरुङले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सह–सचीव लोकबहादुर गुरुङ तथा द्वितीय उपाध्यक्ष ओम गुरुङले गर्नुभएको थियो ।

2.jpg

images
प्रकाशित मिति :पौष ६, २०८२ आइतवार - २२:१६:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology