Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रुपन्देहीमा पनि गुरुङ समुदायले तमू ल्होसार मनाउने तयारी गर्दै 

रुपन्देहीमा पनि गुरुङ समुदायले तमू ल्होसार मनाउने तयारी गर्दै 

रुपन्देहीमा पनि गुरुङ समुदायले तमू ल्होसार मनाउने तयारी गर्दै 
images

रुपन्देही । रुपन्देहीमा रहेका गुरुङ समुदायले विविध कार्यक्रम सहित यस वर्षको तमु ल्होसार मनाउने तयारी गरेको छ । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले शनिवार पत्रकार सम्मेलन गरि हरेक वर्षजस्तै यसवर्ष पनि पुस १५ मा मनाउने तमु ल्होसार बारे जानकारी गरएको हो ।

images
images

परिषद्का रुपन्देही अध्यक्ष रामबहादुर गुरुङले ल्होसारको अवसरमा  सनिवारदेखि पुस १५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको बताए । अध्यक्ष गुरुङका अनुसार पुस ११ गते जिल्लाका सबै नगर तथा ईकाइहरुमा सरसफाई कार्यक्रम आयोजना हुँदैछ भने १३ गते साँझ जिल्लाभर दिपावली, १२, १३ र १५ गते महिला कबड्डी प्रतियोगिता, १४ गते खुल्ला झाम्रे प्रतियोगिता, क्यालेन्डर प्रकाशन तथा १५ गते ल्होसारको मुल समारोह आयोजना गरिएको जानकारी दिए । ूतमु ल्होसार तमु जातीको लागि अस्तित्व जगेर्ना र मौलिक पहिचान, पुस्तान्तरण सहितको समुन्नत साँस्कृतिक सभ्यताको विकास हाम्रो अभियानू भन्ने मूल नारासहित आयोजना गर्न गईरहेको यसवर्षको ल्होसारले सबै जात(जाति तथा समुदायमा एकता र भाइचारा स्थापित गर्न सघाउ पुर्याउने अध्यक्ष गुरुङले जानकारी दिए ।

cebb39c4-90ba-48ad-95e1-7d140875cf8c.jpeg

रुपन्देहीमा रहेका विभिन्न ३५ वटा इकाइमा विभिन्न कार्यक्रम गरिनुका साथै पुस १४ गते सबै इकाइ तथा नगरको सहभागितामा साँस्कृतिक झाँकि सहितको वृहत शान्ति र्याली निकालिने र उक्त र्यालीमा उत्कृष्ट हुने झाँकीलाई १० हजार पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए । खुल्ला झाम्रे प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोश्रोलाई ७ हजार, तेस्रोलाई ५ हजार तथा सान्त्वना स्थान प्राप्त गर्नेलाई ३ हजार पुरस्कार प्रदान गरिने छ । त्यस्तै मादल बजाउने, नृत्य र गायनमा समेत उत्कृष्ट हुने एकएक जनालाई जनही १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

सचिव शेरजंग तमुको संचालनमा सम्पन्न भएको पत्रकार सम्मेलनमा बोल्दै परिषद्का केन्द्रीय सल्लाहकार भिम गुरुङले बिगतका वर्षहरुमा गुरुङ समुदायका बीचमा मात्र आयोजना हुँदै आएको ल्होसारलाई सबै समुदाय तथा जातजातीको सामुहिक पर्वको रुपमा स्थापित गर्न यसवर्ष अन्य जातजाती तथा समुदायका व्यक्तिहरुलाई पनि अतिथीको रुपमा आमन्त्रित गरिएको बताए । सल्लाहकार गुरुङका अनुसार यसवर्ष ुसप्री ल्होुलाई विदाई तथा त ल्होको स्वागत गर्दै ल्होसार पर्व मनाईने छ ।  हरेक वर्ष पुस १५ मा मनाउने ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो । ल्होले वर्ग अथवा वर्ष र सारले नयां भन्ने बुझाउंछ । हरेक वर्षको पुस १५ मा गुरुङको वर्गरवर्ष फेरिन्छ । पुस १५ लाई उनीहरुले नयां वर्ष र जातीय पर्वका रुपमा मनाउंछन्

images
प्रकाशित मिति :पौष ६, २०८२ आइतवार - २२:०२:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology