Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रौतहट सहित मधेशमा चिसोको कहर, जनजिवन प्रभावित

रौतहट सहित मधेशमा चिसोको कहर, जनजिवन प्रभावित

रौतहट सहित मधेशमा चिसोको कहर, जनजिवन प्रभावित
images

रौतहट । रौतहट सहित मधेशका जिल्लामा दुई दिन देखिको बाक्लो हुस्सु तथा शितलहरका कारण अत्यधिक चिसो बढेको छ । विगत केहि दिनको तुलनामा मधेशमा शुक्रबार र शनिबार अत्यधिक जाडो बढेको हो । बिहीबारसम्म पारिलो घाम लागेको भएपनि दुई दिन देखि हुस्सु तथा शितलहरका कारण चिसो बढेको गरुडाका स्थानीय पवन उपध्याले बताए ।

images
images

उनका अनुसार बिहानैदेखि हुस्सु लाग्नुका साथै पानी परेजस्तै लगातार शित खसेको छ । शितलहर सहितको चिसो बढेपछि स्थानीयहरु आगो तापेर बस्न थालेको उनको भनाइ छ । चिसो स्याँठ (पश्चिमी हावा) चल्ने हुँदा जाडोले जनजीवन नराम्रोसंग प्रभाबित भएको उनले जानकारी दिए । दैनिक मजदुरी गरेर जिबिकोपार्जन गर्नेहरुलाइ चिसोले निकै सताउने देखिएको छ। यो चिसोमा सडक नै सुनसान हुने र मानिसको चहलपहल कम हुँदा अपेक्षा अनुसार कमाइ नभएको रिक्सा मजदुर हरिराम यादवले बताए ।

यसअघि दैनिक करीब दुई हजार सम्म हुने गरेपनि अहिले पाँच सय सम्म कमाउन मुस्किल भएको उनको गुनासो छ । यो चिसोमा काम गर्न सक्ने अवस्था पनि नरहेको अर्का ज्यालदरी मजदुर कृष्ण महराको भनाइ छ ।

हरेक जाडोयाममा रौतहट सहित तराई मधेश क्षेत्रमा निकै दिनसम्म पनि शितलहर चलेर घाम नदेखिने हुँदा चिसोको कहर हुने गरेको छ । यो चिसोमा शितलहरका कारण मानिस संगै पशु चौपाय र कृषि बालीमा पनि असर गरेको छ । चिसोका कारण सबभन्दा बढी बालबालिका र बृद्धबृद्धालाई समस्या भएको छ ।

चिसोबाट बच्नका लागि तातो झोलिलो खाने र न्यानोयुक्त कपडा लगाउन तथा अत्यावश्यक काम बाहेक बाहिरफेर हिँडडुल नगर्न आम सर्वसाधारणलाई स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।बाक्लो हुस्सु तथा शितलहरका कारण मधेशका जिल्लाका हवाई उडान प्रभावित भएको छ । सिमरा बिमानस्थलका अनुसार शनिबार दिउँसो १ बजेदेखि मात्र हवाई उडान भएको हो । चिसोका कारण अस्पतालहरुमा बिरामीको चाप देखिन्छ ।

images
प्रकाशित मिति :पौष ५, २०८२ शनिवार - १६:४६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology