Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विद्रोहीको आक्रमणमा सात सैनिकको मृत्यु, ३० घाइते

विद्रोहीको आक्रमणमा सात सैनिकको मृत्यु, ३० घाइते

एजेन्सी

५, पौष २०८२
विद्रोहीको आक्रमणमा सात सैनिकको मृत्यु, ३० घाइते
images

कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही समूहले गरेको आक्रमणमा कम्तीमा सात जना सैनिकको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । सेनाका अनुसार उक्त आक्रमण नेशनल लिबरेसन आर्मी (ईएलएन) ले ड्रोन प्रयोग गरी गरेको हो ।

images
images

सेनाले यसलाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै यसले सर्वसाधारणको ज्यान जोखिममा पार्नुका साथै मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गरेको जनाएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल एक्स मार्फत प्रतिक्रिया दिँदै उन्नत एन्टी-ड्रोन प्रणालीको अभावका कारण यस्तो घटना भएको बताएका छन् ।

उनले अवैध सशस्त्र समूहका यस्ता आक्रमण रोक्न तत्काल आवश्यक एन्टी-ड्रोन प्रणाली खरिद गर्ने आदेश दिएको जानकारी दिए ।

यसैबीच, सैनिक बलका प्रमुख कमाण्डर जनरल फ्रान्सिस्को कुबिदेसले ईएलएनका आतङ्कवादी गतिविधिविरुद्ध गुप्तचर सङ्कलन तथा सैन्य कारबाहीलाई थप सुदृढ गरिने बताएका छन् । 

images
प्रकाशित मिति :पौष ५, २०८२ शनिवार - १६:४०:१८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology