Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

आजको मौसमः पहाडी भेगमा मेघगर्जन र चट्याङ सहितको वर्षा

आजको मौसमः पहाडी भेगमा मेघगर्जन र चट्याङ सहितको वर्षा

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७७
आजको मौसमः पहाडी भेगमा मेघगर्जन र चट्याङ सहितको वर्षा
images

चितवन, २४ फागुन । आज देशका पहाडी भेगको मौसम बदली भई मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रि–मनसुन अवधि रहेको कारण हल्का वर्षा तथा मेघगर्जन हुने महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्। उनका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागहरुको थोरै स्थानहरुमा तथा बागमती र प्रदेश १ का एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा हुने अनुमान गरिएको छ।

यस्तै देशको केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि रहेको महाशाखाले जनाएको छ।

राति पनि प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू–भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। गएराति काठमाडौं उपत्यकासहित देशका केहि पहाडी भेगमा पानी परेको थियो।

यसैबीच आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १० दशमलब ६ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - ०९:१२:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology