काठमाण्डौं, २७ असोज
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
देशभरको प्रयोगशालामा १५ हजार ५ सय ७७ जनाको नमुना परीक्षण गर्दा ३ हजार ५ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार ३ सय ५८ दुई पुगेको छ।
त्यस्तै गएको २४ घण्टामा १ हजार ५ सय ३ जना निको भएर फर्किएका छन्। योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७८ हजार ७ सय ८० पुगेको छ।
हाल देशभर ३५ हजार नौ सय १५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने ४ हजार ७ सय ९५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै गएको २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको ज्यान गएको छ। योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ।