Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पूर्व वनमन्त्री एवं प्रदेश सांसद कृष्ण सिलवाल एमालेको केन्द्रीय अनुशासन कमिटिको सदस्यमा उम्मेद्वार

पूर्व वनमन्त्री एवं प्रदेश सांसद कृष्ण सिलवाल एमालेको केन्द्रीय अनुशासन कमिटिको सदस्यमा उम्मेद्वार

पूर्व वनमन्त्री एवं प्रदेश सांसद कृष्ण सिलवाल एमालेको केन्द्रीय अनुशासन कमिटिको सदस्यमा उम्मेद्वार
images
काठमाण्डौ । आसन्न नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा बागमती प्रदेशको पूर्व वनमन्त्री समेत भैसक्नु भएका बागमती प्रदेश सांसद कृष्णप्रसाद सिलवाल केन्द्रीय अनुशासन कमिटिको सदस्यमा उम्मेद्वारी दिनुभएको छ । 
 
वि.सं. २०२५ साल असार ८ गते तत्कालीन दारेचोक गाविसको बेलडाडामा जन्मिनुभएका मन्त्री सिलवाल ११ वर्षको उमेरदेखि नै राजनीतिमा हुनुहुन्छ । २०३७ सालको जनमत सङ्ग्रहपछि भएको बहुदलीय व्यवस्थाको माग गर्दै चैत्र २४ गते आयोजना भएको नेपाल बन्दमा आफैँलाई पढाउने गुरु टीकाराम लामिछाने र विष्णु सापकोटाको निर्देशनमा बन्द सफल बनाउन रोडमा गारो लगाएर राजनैतिक आन्दोलनमा सहभागी हुनुभएका उहाँ नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुमा आवद्ध पार्टी राजनितिमा अगाडी बढ्नुभएको हो । २०४६ सालको पञ्चायत विरुद्धको बृहत जनआन्दोलनमा समेत  सक्रिय हुनुभएका उहाँ २०४६ साल चैत्र २६ गते बहुदलीय व्यवस्थ्या घोषणा हुँदा मुग्लिङमा वामपन्थीको तर्फबाट बोल्ने मुख्य वक्ता नै उहाँ हुनुहुन्थ्यो । त्यसपछि २०४७ सालमा पार्टी सदस्यता लिनुभयो र पार्टी सदस्यता पाएपछि गाउँ कमिटीको विभिन्न जिम्मेवारी सम्हाल्दै २०५० सालमा नेकपा एमालेको चितवन जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनुभयो । त्यही बेलादेखि नै कविलास, दाहाखानी, दारेचोक, चण्डीभञ्ज्याङलगायत चितवनको पहाडी क्षेत्रहरुमा पार्टी सङ्गठन विस्तारको काम गर्नुभयो । पार्टीप्रतिको लगाव देखेरै २०५४ सालमा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन दारेचोक गाविसको उपाध्यक्षमा विजयी हुनुभयो । 
 
त्यसपछि पनि पार्टीको विभिन्न भूमिकामा रहेर काम गर्नुभयो । २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादीबीचको पार्टी एकता हुँदा पनि उहाँले पार्टीको जिम्मेवारीअनुसारको काम गर्नुभयो । तर, यो एकता लामो समय टिक्न सकेन । फलस्वरुप २०७८ सालमा तत्कालीन नेकपा फुट्यो र पुरानै पार्टी कायम भए । 
 
त्यही बेला नेकपा एमालेले उहाँलाई इच्छाकामना गाउँ कमिटिको पार्टी संयोजक बनायो र अधिवेशन ग¥यो । सोही अधिवेशनबाट उहाँ इच्छाकामना गाउँकमिटीको अध्यक्ष बन्नुभयो । उहाँकै नेतृत्वमा दोस्रो स्थानीय तह निर्वाचनमा इच्छाकामनामा एमालेले दुई तिहाइभन्दा बढी पदमा जित हासिल गर्न सफल भयो ।  यो सफलतासँगै पार्टीले उहाँलाई २०७९ सालमा वागमती प्रदेश सभाको सदस्यमा टिकट दियो । र, जितसमेत हासिल गर्नुभयो । उहाँको जितसँगै इच्छाकामनाबाट इतिहासमै पहिलोपटक सांसद बन्ने इतिहास रच्नुभयो । नेपाली राजनीतिमा निरन्तर दौडिइरहनुभएका सिलवालको जितमा इच्छाकामनाको राजनैतिक इतिहास नै बदलिदियो । त्यसपछिका दिनमा पनि उहाँको राजनैतिक यात्राले एकपछि अर्को सफलता पाउँदै गयो । जसक्रममा २०८० साल भदौमा भएको नेकपा एमाले वागमती प्रदेशको अधिवेशनले भूगोल तर्फको प्रदेश सदस्य (खुला)मा निर्वाचित ग¥यो । 
 
राजनैतिक घटनाक्रमले सरकार फेरबदल हुने क्रम चलिरह्यो । फलस्वरूप २०८१ साउन ९ गते वागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभई इच्छाकामनाको इतिहासमा पहिलो मन्त्रीको नाम दर्ज गराउनुभयो । यसरी समयक्रमसँगै इच्छाकामनाको राजनैतिक इतिहास बदल्नुभएका उहाँले कानुनमा स्नातकसम्म अध्ययन गर्नुभएको छ । शिक्षा र पेशाले अधिवक्ता भए तापनि व्यवसाय नगरीकन आजसम्म गाउँका नागरीकलाई आफ्नो क्षमताले भ्याएसम्मको कानुनी सरामर्श तथा लेखापढी निःशुल्करुपमा दिँदै आउनुभएको छ । समाज सेवालाई आफ्नो धर्म मान्दै आउनुभएका उहाँले आजसम्म कसैको एक रुपैयाँ पनि तलमाथि गर्नुभएको छैन । र, कहिल्यै नगर्ने प्रण गर्नुहुन्छ । ‘बोरु म सकेको अरुलाई दिन्छु । तर, मलाई कसैसँग गलत काम गरेर लोभलालचमा फसेर लिनु र कमाउनु छैन,’ उहाँ भन्नुहुन्छ । 
हालसम्म कुनै पनि विषयमा विवादमा पर्नुभएको छैन । त्यसैले राजनैतिक वृत्तमा मात्र नभई समाजमा पनि स्वच्छ र निष्पक्ष स्वभावको नेताको रूपमा उहाँको परिचय विकसित हुँदै आएको छ । ‘मेरो लक्ष्य भनेकै यस भूगोलका अल्पसङ्ख्यक चेपाङ, जनजाति, दलित सबैलाई नागरिक भएर बाँच्न सक्षम बनाउने हो,’ उहाँ भन्नुहुन्छ, ‘त्यसैले शिक्षा, स्वास्थ्य र रोजगारमा पहुँच पु¥याउन सक्ने गरी काम गर्ने सेवकको रुपमा मेरो जीवन समर्पित छ’ । 
 
यसरी नै जनताको सेवामा लागिपरिरहनुभएका उहाँ यसपटकको नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय अनुशासन कमिटिको सदस्यमा उम्मेद्वारी दिनुभएको हो । आफु पार्टीको कटिबद्ध सिपाही भएको बताउदै पार्टी संकटमा परेको बेला जहिल्यै ढाल बनेर उभिने गरेको छु, यसैले पनि यसपटक उम्मेद्वार बनेको बताउनुभयो । 

images
प्रकाशित मिति :पौष १, २०८२ मंगलवार - ०८:३४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology